सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन : ओली « Khabarhub

सांसद किनबेच हुने स्थिति आएकाले प्रतिनिधिसभा विघटन : ओली


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद् किनबेचको खेल पुनः हुन थालेको हुनाले नै आफूले प्रतिनिधिसभा विघटन गरी ताजा निर्वाचन जान लागेको बताएका छन्।

प्रेस सङ्गठन नेपालको दोस्रो राष्ट्रिय भेलाको आज उद्घाटन गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष ओलीले अवरोध चिरेर विकास र समृद्धिका यात्रामा अघि बढ्न सरकार र पार्टी दृढताका साथ लागेको बताए।

‘देशमाथि सांस्कृतिक र अनेक हमला भइरहेको छ। यसमा हामी सबै सजग हुनुपर्छ। देश बनाउने र बचाउने हो भने हामीले सहमति कायम राख्न आवश्यक छ’, उनले भने, ‘हामी कुनै आक्रोश, उत्तेजना र पूर्वाग्रह साध्ने होइनो। हामी रातो झण्डा फहराउनेवालाहरु हौँ। काला झण्डा बोकेर हिँड्नेवाला होइनौँ। हामी उज्यालो र चम्किलो भविष्यतर्फको गन्तव्यतर्फ अघि बढ्न स्पष्ट छौँ। हामीलाई देश बनाउनु छ। सुशासन र विकासको बाटामा जानु छ।’

अर्को एक प्रसङ्गमा प्रधानमन्त्री ओलीले पीत पत्रकारिता आफैँ हराएर जाने जनाउँदै देश, जनता, लोकतन्त्र, स्थिरता र सत्यका पक्षमा कलम चलाउन पत्रकारलाई आग्रह गरे।

‘समृद्ध नेपाल निर्माणका लागि पूर्ण प्रेस स्वतन्त्रतासहितको सबल श्रमजीवी पत्रकार : स्थिरता, विकास र राष्ट्रिय स्वाधीनताको रक्षाः प्रेस सङ्गठन नेपालको आधार’ भन्ने नाराका आयोजित सो भेलामा उपप्रधानमन्त्री ईश्वर पोखरेललगायत नेता, मन्त्री र पत्रकारिता क्षेत्रका अग्रजको सहभागिता छ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ५ : २२ बजे

विमानस्थलबाट एक महिनामा सुनसहित ४५ पक्राउ

काठमाडौँ – त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट प्रहरीले एक महिनाको अवधिमा एक

प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा भयो १४ अर्ब ५६ करोड

काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा पछिल्लो २४ घण्टामा

युक्रेनमाथि रुसको आक्रमण

काठमाडौँ । रुसी सेनाले बुधबार राति युक्रेनमा ठुलो मात्रामा आक्रमण

अनेरास्ववियुका चेतन अयडीको हत्या प्रकरण : ६ जनालाई जन्मकैद, १८ जनालाई सफाइ

काठमाडौँ । बाजुराका चेतन अयडीको हत्या आरोपमा ६ जनालाई जन्म

बागमतीमा १३४ दरबन्दी घटाउने मन्त्रिपरिषद्को निर्णय

हेटौँडा – बागमती प्रदेश सरकारले प्रदेशअन्तर्गतका कार्यालय तथा निकायको सङ्गठन