वाटमोरलाई ‘वाउन्ड्री’ ले स्वागत गरेका पवनले भने, ‘सर, आएको थाहै थिएन’ « Khabarhub

वाटमोरलाई ‘वाउन्ड्री’ ले स्वागत गरेका पवनले भने, ‘सर, आएको थाहै थिएन’


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आजैबाट नेपाली क्रिकेट टीममा काम सुरु गरेका डेभ वाटमोर कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान अबलोकनका लागि पुगेका थिए ।

मैदानमा उनी पुग्दा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तरगत नेपाल पुलिस टिम र लुम्बिनी प्रदेशबीचको खेल जारी थियो ।

वाटमोर मैदान पुग्दा नेपाल पुलिस क्लब ब्याटिङमा थियो । पुलिसका दिपेन्द्रसिंह ऐरी र आरिफ शेख क्रिजमा थिए । लगत्तै दिपेन्द्र ८६ रन बनाएर आउट भए । दिपेन्द्र पवेलियन फर्किएपछि छैटौँ विकेटका रुपमा मैदान प्रवेश गरे, पवन शर्राफ ।

उनले आज आफ्नो करियरकै उत्कृष्ट ब्याटिङ गरे । जसन नेपाली राष्ट्रिय क्रिकेटमा कीर्तिमान बन्यो । उनी कम बलमा अर्धशतक पूरा गर्ने पहिलो खेलाडी बने । उनले मात्रै १३ बलमा ६ छक्का र १ चौका प्रहार गर्दै ५० रन बनाएका हुन ।

उनको यो इनिङ्स धेरैले याद गर्नेछन् । किनकी त्यहिँ समय नेपालका लागि आएका मुख्य प्रशिक्षक वाटमोर मैदान निरिक्षणका लागि कीर्तिपुर पुगिसकेका थिए । उनले पवनको लामो-लामो सर्टहरु भीआईपी प्याराभिटबाट नियाली रहेका थिए ।

पवनले वाटमोरलाई आफ्नो ब्याटिङ शैलिमार्फत् स्वागत गरे । वाटमोर मैदान प्रवेश गरेको जानकारी पाउनु भएको थियो भन्ने प्रश्नमा उनी भने ‘सर, आउनु भएको मलाई थाहा थिएन । खै, केही सोच्नु भयो । म आफ्नो ब्याटिङ गरिरहेको थिएँ ।’

कम बल खर्च गर्दै कितीमान बनाएका उनले आफ्नो टिमले आज ३ सय रन बनाउने लक्ष्य सेट गरेको र त्यसकै लागि आफूले मेहनत गरेको बताएका छन् ।

‘३ सय रन पुर्‍याउने लक्ष्य थियो । तर, बीचमा अलि स्लो भयो । तर, दिपेन्द्र आइसकेपछि टिमले मुमेन्टम लिएको थियो । त्यसलाई क्यारी गरेको हो,’ उनले भने ।

उनकै आक्रामक फिनिसिङले पुलिसले लुम्बिनीलाई प्रतियोगिताकै सबैभन्दा बढी ३ सय ११ रनको लक्ष्य प्रस्तुत गर्‍यो । जुन खेलमा ७४ रनले पुलिस क्लब विजयी भयो ।

पवनले किर्तीमान बनेकोमा खुसी व्यक्त गर्दै भने, ‘जीवनकै पहिलो कम समयमा अर्धशतक पूरा गर्दा खुसी लागिरहेको छ ।’ सुरुको पहिलो खेलमा हार व्येहोरेको पुलिसले लगातार दुई खेलमा जीत हात पारेको छ ।

राष्ट्रिय टोलीबाट डेब्यु गरिसकेका पवनले कुन स्थानबाट खेल्ने भन्ने निश्चित छैन । तर, उनले टोलीमा आफूले जुन भूमिका पायो त्यसलाई न्याय गर्ने गरि खेल्ने बताएका छन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ९ : ०० बजे

दादुरा प्रभावित ढोरपाटनमा चार हजार ६१७ जनालाई खोप लगाइयो

बागलुङ– बागलुङको ढोरपाटन नगरपालिकामा फैलिएको दादुरा नियन्त्रणका खोप लगाइएको छ

कुनै दललाई नचिढ्याउने पक्षमा रास्वपा

काठमाडौं– अबको एक हप्तापछि देशमा नयाँ सरकार बनाउने कसरत चलिरहेको

‘लालीबजार’ गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक

काठमाडौं – नायिका स्वस्तिमा खड्का स्टारर फिल्म ‘लालीबजार’को पहिलो गीत

धुलिखेल–खावा सडक : चैत ७ देखि २० गतेसम्म रातको समयमा यातायात बन्द गरिने

काभ्रे- अरनिको राजमार्गअन्तर्गत काभ्रेस्थित धुलिखेल–खावा सडक खण्डको स्तरोन्नतिलाई तीव्रता दिइएका

शुक्लाफाँटाका किसानलाई अनुदानमा ‘मिनी टिलर’ वितरण

कञ्चनपुर– कृषिमा यान्त्रीकरणको प्रयोगलाई बढावा दिने उद्देश्यले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१०