बन्दीपुरबाट सुरु भयो मुकुन र मेनुकाको ‘गणपति’ « Khabarhub

बन्दीपुरबाट सुरु भयो मुकुन र मेनुकाको ‘गणपति’


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– अभिनेता मुकुन भुषाल र अभिनेत्री मेनुका प्रधानको मुख्य भूमिका रहने फिल्म ‘गणपति’ को बिहीवार तनहुँ बन्दीपुर गाउँपालिका थारुबासबाट छायांकन सुरु भएको छ ।

गाउँले परिवेशको कथामा बन्न लागेको फिल्मको आधिकांश छायांकन तनहुँ बन्दीपुरमा नै हुनेछ ।

सविन अधिकारीको निर्देशन रहने फिल्ममा उनकै कथा, पटकथा तथा संवाद छ । लक्ष्मण थापा, विज्ञान केसी र अरविन्द्र गिरीको लगानी रहने फिल्ममा मुकुन र मेनुकाका अलावा सूर्यमाला खनाल, जयनन्द लामा, प्रकाश घिमिरे, राजाराम पौडेल, पुष्कर गुरुङ, अंशु मानन्धर, कालु राना, अर्जुन गुरुङ, शुशील पोखरेल, श्रीदेव वि.एल लगायतको अभिनय रहनेछ ।

भगवान र मानिसबीचको फरक देखाइने फिल्ममा हरिबहादुर घलेको छायांकन, विक्रम स्वारको कोरियोग्राफी र मौसम बस्नेतको पहिरन रहनेछ । फिल्मको गीतमा अनिस अधिकारीले शब्द तथा संगीत भरेका छन् भने अनिस अधिकारी र देवेन्द्र बब्लुले स्वर दिएका छन् ।

त्यस्तै, गोविन्द शाहीले देशभर वितरण अधिकार दिएको फिल्मको ओभरसिज राइट्स स्रित फिल्मस् एण्ड इन्टरटेन्मेन्टले लिएको छ । निर्देशक अधिकारीले ‘गणपति’ नाम धार्मिक सुनिए पनि फिल्ममा कुनै पनि धर्मको विरोध वा प्रचार नगरिने जानकारी दिएका छन् ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  ९ : ४५ बजे

हतुवागढीको सेवा अब आधुनिक प्रशासनिक भवनबाट

भोजपुर – यहाँको दक्षिणी भेगमा अवस्थित हतुवागढी गाउँपालिकाको नवनिर्मित प्रशासनिक

६ महिनापछि कृषि औजार कारखाना पुगेका महावीर पुन भोजभतेरमा व्यस्त

काठमाडौं- राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक तथा पूर्वमन्त्री डा. महावीर पुन

मानव बेचबिखन तथा ओसारपसार मुद्दामा आठ जना पक्राउ

सिरहा– प्रहरीले मानव बेचबिखन तथा ओसारपसार र जबर्जस्ती वेश्यावृत्तिमा संलग्न

प्रधानमन्त्रीलाई रविको ढाडस, ‘तपाईंका निर्णयमा काँध थाप्छौँ’

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि