नायक-नायिका 'सस्पेन्स' राख्दै चुरीफुरीको छायांकनमा शुरु | Khabarhub Khabarhub

नायक-नायिका ‘सस्पेन्स’ राख्दै चुरीफुरीको छायांकनमा शुरु


८ माघ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– हाँस्य टेलिश्रृंखला तथा वेबसिरिजका हाँस्य कलाकारहरुलाई लिएर निर्देशक ऋषिराज आचार्यले घोषणा गरेको फिल्म ‘चुरीफुरी’ को सुटिङ शुरु भएको छ ।

राजधानीका विभिन्न स्थानमा छायांकनरत फिल्ममा नायक-नायिका भने हालसम्म सस्पेन्स नै राखिएको छ ।

निर्देशक आचार्यकै लेखन, निर्माण र निर्देशन रहेको फिल्ममा रवीन्द्र झा, शिशिर भण्डारी, दीपक आचार्य ‘काकु’, सुबोध गौतम ‘एदुमे’, पवन खतिवडा ‘म्याकुरी’, सुरवीर पण्डित, सुनीता श्रेष्ठ, ऋतु आचार्य, लक्ष्मी ढकाल, राजेन्द्र खाती, महेश्वर आचार्य, कमल सिंह, अस्मिता बस्नेत, तुलसी श्रेष्ठ, सरिस्मा मगर, मनिल तामाङ, रश्मी आचार्यलगायतका कलाकारको अभिनय छ ।

आरबी मुभीजको व्यानरमा निर्देशक आचार्य स्वयम् र रिना ढकाल निर्माता रहेको फिल्मको सह–निर्मातामा विमला भुसाल, राजेन्द्र खाती र शिव थापा छन् । निर्देशक आचार्यले समसामयिक विषयमा कमेडी कथामा फिल्म बन्ने बताए ।

फिल्ममा राहुल राईको छायांकन, भीमफेदी गाइजको कोरियोग्राफी, विजय आचार्यको कला, दीपक शर्माको संगीत र समीर आचार्य, विश्व नेपाली र बेनिशा पौडेलको स्वर छ ।

प्रकाशित मिति : ८ माघ २०७७, बिहीबार  १० : ३५ बजे

त्रिभुवन विमानस्थल अवरुद्ध: फ्लाई दुबईको जहाज लखनउ डाइभर्ट

काठमाडौं – राजधानीका विमानमार्गमा देखिएका प्राविधिक समस्या एवं अवरोधका कारण

विमानस्थल बन्द हुँदा कतार एयरको जहाज आकाशमै फनफनी

काठमाडौं – त्रिभुवन विमानस्थलमाथिको आकासमा कतार एयरवेजको जहाजले ३३ फन्को

ब्राजिलमा आँधीका कारण पाँच जनाको मृत्यु, १३० घाइते

ब्रासिलिया – दक्षिणी ब्राजिलकका विभिन्न भागहरूमा शुक्रबार आएको आँधीका कारण

लागूपदार्थ सेवन गरी सवारीसाधन चलाउने पाँच जना नियन्त्रणमा

काठमाडौं – ट्राफिक प्रहरीले लागूपदार्थ सेवन गरी सार्वजनिक सवारीसाधन चलाउने

प्रधानमन्त्री कप बैतडी छनोटः जनसेवाको उत्कृष्ट सुरुआत

बैतडी – प्रधानमन्त्री कप एक दिवसीय क्रिकेट प्रतियोगिताको बैतडी छनोट