दम रोगबाट जोगिने घरेलु उपाय « Khabarhub

दम रोगबाट जोगिने घरेलु उपाय


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मानव शरीरमा घुम्ने रक्त कफसँग मिलेर समस्त नसाहरुलाई रोकिदियो र वायुको बहाव बन्द भएको कारणले श्वास (दम) उठ्यो भने त्यसलाई श्वास रोग या दम भनिन्छ ।

तातो, गह्रुङ्गो, रुखो तथा बासी वस्तु खाने, मुखमा धुलो पर्ने, भारी काम, दिशा पिसाबको वेगलाई रोक्ने आदि कारणहरुले श्वास रोग तीव्र हुन्छ ।

दमको घरेलु उपचार विधि:

१ नुन–तेललाई तताएर हृदयलाई सेक्नाले श्वास दबिन्छ ।

२. अदुवाको रसमा मह हालेर चाट्नाले श्वास ठीक हुन्छ ।

३. कुभिण्डोको जराको ४ ग्राम चूर्ण दैनिक सेवन गर्ने र तातोपानी पिउनाले श्वास ठीक हुन्छ ।

४. बेसार, कालो मरीच, किशमिश, पिप्पली, रास्ना र कचूर यी सबैको ४ ग्राम चूर्ण सख र तिलको तेलको साथ सेवन गर्नाले श्वास रोग ठीक हुन्छ ।

५. पिप्पली पोहकारमूल, हर्राेको बोक्रा, सुठो, कचूर, कमलगट्टा — यी सबैको चूर्णमा त्यति नै मात्रामा सखर हालेर चना बराबरका चक्कीहरु बनाउनुहोस् । दुई गोली दैनिक सेवन गर्नाले श्वास रोग ठीक हुन्छ ।

६. काकडासिँधी, सुठो, पिप्पली, नागरमोथे, पोहकरमूल, कचूर, कालो मरीचमा त्यति नै मात्रामा मिश्री हालेर चूर्ण बनाउनुहोस् । यसमा ४ ग्राम गुर्जाे, अडूसा, पिप्पली, पीपलामूल, चव्य, चित्रक, सुठो (यिनीहरु मध्ये कुनै एक) को घोल दैनिक सेवन गर्नाले श्वास रोग ठीक हुन्छ ।

७. शुद्ध पारो, शुद्ध गन्धकको कज्जली, सिँगीमोहरा, तताएको सुहागा, पिप्पली, मैनसिल तथा कालो मरीच ८–८ ग्राम, ४ ग्राम सुठो— यी सबैको चूर्णलाई अदुवाको रसको १ पुट दिएर सिद्ध गर्नुहोस् (यसलाई मिलाएर बनाउनुहोस्), यसको ग्रामको मात्रा दैनिक दिनाले श्वास रोग ठीक हुन्छ ।

घरेलु आयुर्वेदिक उपचारबाट साभार

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ६ : ०० बजे

ब्रोड पिक हिमपहिरोमा नेपालीसहित तीन पर्वतारोहीको शव भेटियो

एजेन्सी– पाकिस्तानको ब्रोड पिक हिमालमा हिमपहिरोमा परी बेपत्ता भएका १०

‘दुर्गममा खाद्य आपूर्ति र अधिकारको सुरक्षा गर्दै सरकारी कम्पनी’

सुदूरपश्चिम– दार्चुलाको नौगाड गाउँपालिका-१ नागुका बासिन्दाले गत फागुन २१ को

सहकारी ठगी मुद्दा छिटो टुंग्याउन मन्त्रालयले माग्यो समर्पित इजलास

काठमाडौं – सहकारी ठगीसम्बन्धी मुद्दाको बढ्दो चापलाई व्यवस्थित गर्दै पीडितलाई छिटो

वाग्मती सफाइ अभियान : ६९०औँ हप्ता पूरा

काठमाडौं–  ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ

निगमले भन्यो- ग्यासको अभाव छैन, मागअनुसार आपूर्ति भइरहेको छ

काठमाडौं- खाना पकाउने एलपी ग्यासको बिक्री–वितरणलाई व्यवस्थित बनाउन नेपाल आयल निगमले