जन्मदिनमा पूर्वराजा-रानीको ‘नृत्य’, सामाजिक सञ्जालमा चर्चा « Khabarhub

जन्मदिनमा पूर्वराजा-रानीको ‘नृत्य’, सामाजिक सञ्जालमा चर्चा


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– पूर्व राजपरिवारका सदस्यले  शुक्रवार पूर्वरानी कोमल शाहको जन्मदिन मनाएका छन् । पूर्वराजारानीले जन्मदिन मनाएको चर्चा भने अहिलेसम्म पनि भइरहेको छ ।

कोमलको ७० औँ जन्मोत्सव मनाउँदै गर्दा पूर्वराजा ज्ञानेन्द्र र कोमलले गरेर नृत्यले सामाजिक सञ्जालमा चर्चा कमाएको छ ।

हिमानी शाहको फ्यान पेजबाट अपलोड गरिएको एक भिडियोमा जन्मदिन मनाउँदै गर्दा पूर्वराजारानी नाचेका थिए । उक्त भिडियोलाई सामाजिक सञ्जाल प्रयोगकर्ताले रुचाएका छन् ।

जन्मदिनको अवसरमा पूर्वयुवराज पारस शाह पनि झापा पुगेका थिए । झापामा पूर्वराजा र पूर्वयुवराज्ञी हिमानीसहित सम्पूर्ण परिवार उपस्थित थिए ।

जन्मोत्सवको अवसरमा शाह परिवारले झापाको धुलाबारीस्थित मेची क्राउन होटल एक हप्ताका लागि बुक गरेको थियो ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १० : ०२ बजे

जनकपुरले पोखरालाई हराउँदा मैदानमा यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

एनपीएलमा जनकपुरको दोस्रो जित, पोखराको लगातार दोस्रो हार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा जनकपुर बोल्ट्सले

दशौँ राष्ट्रिय खेलकुदको तयारी तीव्रः मन्त्री पोखरेल र कर्णालीका मुख्यमन्त्री शाहीबीच छलफल

सुर्खेत – आगामी दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई थप तिब्रता

पोखराले गुमायो सातौँ विकेट

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलमा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच