त्रिविले माग्यो ७ सयभन्दा बढी प्राध्यापक « Khabarhub

त्रिविले माग्यो ७ सयभन्दा बढी प्राध्यापक


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सात सय भन्दा बढी प्राध्यापकका लागि विज्ञापन खुला गरेको छ ।

त्रिवि सेवा आयोगको कार्यालयले खुला तथा आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन खुलाएको हो ।

आयोगले आइतबार एक सूचना प्रकाशित गर्दै खुला तर्फ प्राध्यापक पदमा १४ जना, सहप्राध्यापक पदमा २३ जना र उपप्राध्यापक पदमा ५२२ जना गरी ५ सय ५९ जनाको लागि दरखास्त माग गरेको हो।

यसै गरी आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि प्राध्यापक ९२ जना र सहप्राध्यापक १०५ जना गरी एक सय ९७ जनाको माग गरिएको आयोगको सूचनामा उल्लेख गरिएको छ ।

आयोगका अनुसार खुला र आन्तरिक प्रतियोगितका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले चैत १४ गते राति १२ बजेसम्म अनलाइनमार्फत दरखास्त दिन सकिनेछ। आयोगले अन्य सूचनाहरू आयोगको वेबसाइटमार्फत हेर्न भनेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ११ : ०५ बजे

तनहुँमा ‘होमस्टे’ सर्किट विकास गरिँदै

दमौली– यहाँको ऐतिहासिक तथा सांस्कृतिक सहर बन्दीपुर र धार्मिक इतिहास

अमेरिकासँग पूर्ण अविश्वासका साथ वार्तामा बस्छौँ : विदेशमन्त्री अराघची

काठमाडौं- इरानी विदेशमन्त्री सइद अब्बास अराघचीले पूर्ण अविश्वासका साथ आफूहरुले

सङ्घीयता कार्यान्वयन चुनौतीपूर्ण भएको मुख्यमन्त्री कँडेलको गुनासो

कर्णाली – कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले सङ्घीयताको कार्यान्वयन चुनौतीपूर्ण

प्रतिनिधिसभाको प्रथम अधिवेशनद्वारा प्रक्रियागत काम पूरा, आगामी अधिवेशनका निम्ति मार्ग प्रशस्त

काठमाडौं– प्रतिनिधिसभाको पहिलो अधिवेशनले प्रक्रियागत काम पूरा गरेर आगामी अधिवेशनका

सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपियो

महेन्द्रनगर– सरकारले नेपाल–भारत सिमानामा सुरक्षा व्यवस्था सुदृढ बनाउन जनशक्ति थपेको