त्रिविले माग्यो ७ सयभन्दा बढी प्राध्यापक « Khabarhub

त्रिविले माग्यो ७ सयभन्दा बढी प्राध्यापक


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सात सय भन्दा बढी प्राध्यापकका लागि विज्ञापन खुला गरेको छ ।

त्रिवि सेवा आयोगको कार्यालयले खुला तथा आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि विभिन्न विषयका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक पदमा विज्ञापन खुलाएको हो ।

आयोगले आइतबार एक सूचना प्रकाशित गर्दै खुला तर्फ प्राध्यापक पदमा १४ जना, सहप्राध्यापक पदमा २३ जना र उपप्राध्यापक पदमा ५२२ जना गरी ५ सय ५९ जनाको लागि दरखास्त माग गरेको हो।

यसै गरी आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि प्राध्यापक ९२ जना र सहप्राध्यापक १०५ जना गरी एक सय ९७ जनाको माग गरिएको आयोगको सूचनामा उल्लेख गरिएको छ ।

आयोगका अनुसार खुला र आन्तरिक प्रतियोगितका लागि योग्यता पुगेका नेपाली नागरिकहरूले चैत १४ गते राति १२ बजेसम्म अनलाइनमार्फत दरखास्त दिन सकिनेछ। आयोगले अन्य सूचनाहरू आयोगको वेबसाइटमार्फत हेर्न भनेको छ ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ११ : ०५ बजे

सुदन किराँतीले चुनाव नलड्ने, हर्क र ध्रुवलाई सहयोग गर्ने घोषणा

काठमाडौं – पूर्वमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता सुदन किराँतीले

तनहुँमा स्वर्णिम वाग्लेविरुद्ध चुनाव लड्दै शंकर भण्डारी

काठमाडौं- नेपाली कांग्रेसले तनहुँ–१ मा शंकर भण्डारीलाई उमेदवार बनाएको छ

सुदन गुरुङ गोरखा–१ मा रास्वपाको उम्मेदवार

५ माघ, काठमाडौं ।काठमाडौँ – हामी नेपाल नामक गैरसरकारी संस्थाका

सिरहा–१ मा कांग्रेसबाट रामसुन्दर चौधरीले पाए टिकट

काठमाडौं – नेपाली कांग्रेसले सिरहा निर्वाचन क्षेत्र–१ बाट प्रतिनिधिसभा सदस्यका

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल

पोखरा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित