आज बस्दैछ प्रदेश १ को प्रदेशसभा बैठक « Khabarhub

आज बस्दैछ प्रदेश १ को प्रदेशसभा बैठक


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – प्रदेश १ को प्रदेशसभा बैठक आज बस्दैछ ।

बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ । बैठकको अरु कार्यसूची नभए पनि मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्तावको टेबल गर्ने कार्यसूची छ ।

दुई बजे प्रदेशसभाको बैठक बोलाउने सूचना भए पनि कार्यव्यवस्था परामर्श समितिको बैठक अहिलेसम्म बोलाइएको छैन ।

माघ ७ गते प्रदेशसभामा प्रदेश प्रमुखले पठाएको पत्र पढेर स्थगित भएको प्रदेशसभा माघ २५ गते बसेको थियो ।

हिउँदे अधिवेशनको दोस्रो प्रदेशसभाको बैठक नेकपाको ओली समूहका सांसदले अवरोध गरेपछि फागुन ९ लाई बोलाइएको हो । आजको बैठक पनि अवरुद्ध हुने सङ्केत देखिएको छ ।

पुस १२ गते प्रदेशसभामा नेकपाको प्रचण्ड-नेपाल समूहका ३७ जना सांसदले मुख्यमन्त्री शेरधन राईकाविरुद्ध अविश्वासको प्रस्ताव पेस गरेपछि प्रदेशसभाका सदस्यहरु विभाजित अवस्थामा छन् ।

अविश्वासको प्रस्ताव दर्ता गराएकामध्ये पाँच जनाले प्रस्ताव फिर्ता लिएका छन् ।

आजको प्रदेशसभा बैठकमा नेकपाको ओली पक्षका सांसदहरुले बैठक अवरुद्ध गर्ने सम्भावना छ भने ओली समूहबाहेकका सांसदहरु जसरी हुन्छ अविश्वासको प्रस्ताव बैठकमा टेबल गर्नुपर्ने पक्षमा रहेका छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  १२ : २९ बजे

‘रवि लामिछानेले बनाएको संयन्त्रलाई सरकार र संविधानले चिन्दैन’

काठमाडौं- नेपाली कांग्रेसका सचेतक निश्कल राई प्रधानमन्त्री बालेन्द्र शाहसँग सहकार्य

मधेशवासी समुदायलक्षित आपत्तिजनक नारा पोतेको आरोपमा एकजना पक्राउ

काठमाडौं- काठमाडौंका सार्वजनिक स्थानमा तराई-मधेशका समुदाय लक्षित आपत्तिजनक नारा लेखेको

निःशुल्क स्वास्थ्य शिविरबाट ७० ज्येष्ठ नागरिक लाभान्वित

काठमाडौं– पुस्तान्तरण नेपालद्वारा सञ्चालित निःशुल्क स्वास्थ्य, मनोसामाजिक तथा दन्त शिविरबाट

ग्रीन आर्मीको स्पष्टीकरण : खारेज भएको होइन, निरन्तर सक्रिय छौँ

काठमाडौं- ग्रीन आर्मी नेपालले संस्था खारेज भएको भन्ने समाचार तथा