गुगलले स‌ंकलन गर्छ तपाईंका महत्त्वपूर्ण जानकारी, कसरी जोगाउने डाटा ? | Khabarhub Khabarhub

गुगलले स‌ंकलन गर्छ तपाईंका महत्त्वपूर्ण जानकारी, कसरी जोगाउने डाटा ?


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रविधिको तीव्र विकाससँगै अब इन्टरनेट आम मानिसको जीवनको अभिन्न अंग बनिसकेको छ ।

डेस्कटप या ल्यापटप नहुनेले पनि मोबाइल प्रयोग गर्दा गुगलको प्रयोग गरेकै हुन्छन् । २० वर्षअघि कम्प्युटर ब्राउजरमा शर्च इन्जिनबाट शुरु भएको गुगलले प्रविधिको क्षेत्रमा अहिले आफ्नो ठूलो हिस्सा ओगटेको छ ।

गुगलले युट्युब, प्लेस्टोर, फोटोज, सर्च इन्जिन, क्रोम, डकुमेन्ट लगायत कैयन् प्लेटफर्म प्रयोगकर्ताका लागि उपलब्ध गराएको छ ।

२० वर्षअघि याहुको दबदबा रहेका बेला गुगलको आगमन भएको थियो । यसले प्रविधि क्षेत्रमा आफूलाई निकै अगाडि बढाइसकेको छ ।

गुगलले छिटो र छरितो रुपमा सर्च इन्जिनमार्फत रिजल्ट दिन थालेपछि प्रयोगकर्ता गुगलतर्फ आकर्षित भए । गुगलले दिएको इमेल गर्न मिल्ने जिमेल सुविधा दिएपछि हटमेल र याहुमेल पनि कम प्रयोग गर्न थालिए ।

अहिले धेरैसँग हटमेल या याहुमेलको खाता नहुन सक्छ तर जिमेलको खाता हुन्छ । जिमेललाई नै प्रयोगकर्ताले प्राथमिक खाताका रुपमा प्रयोग गर्न थालेका छन् ।

गुगलले मोबाइल एप तथा डेस्कटप ब्राउजिङका माध्यमबाट प्रयोगकर्ताका डाटाहरु संकलन गरिरहेको हुन्छ । यही डाटा संकलनका कारणले गुगलमा खोजी गरे अनुरुपका विज्ञापन तपाईंको स्क्रिनमा देखाइदिन्छ ।

गुगलले प्ले स्टोर, म्याप, क्यालेन्डर, कन्ट्याक, ट्रान्सलेट लगायतका एपबाट पनि डाटा संकलन गरिरहेको हुन्छ । एक हिसाबले गुगलले तपाईंका हरेक गतिविधिलाई इन्टरनेटको माध्यमबाट संकलन गर्ने सामर्थ्य राख्छ ।

गुगलले यति मसिना कुरामा समेत ख्याल गरेको हुन्छ कि, यदि तपाईंले युट्युबमा कुनै भिडियो हेर्नुभयो भने कुन भिडियो कति समय हेर्नुभयो र कुन भिडियो छोड्नुभयो भन्ने समेत ख्याल गर्छ । त्यसैले गर्दा तपाईंका रुचिका भिडियोहरु तपाईंको युट्युबको होम पेजमा आइरहेका हुन्छन् ।

यति मात्र होइन, गुगलले तपाईँले सङ्ग्रह गरी राखेका मोबाइल नम्बरहरु पनि संकलन गरेको हुन्छ । तपाईंले भ्वाइसमार्फत खोजेका हरेक कुरा गुगलमा सेभ भइरहेका हुन्छ्न् ।

गुगलले प्ले स्टोरमा गुगलकै १३५ भन्दा बढी एपहरु छन् । यी मध्ये ५० जति एप त प्रयोगकर्ताले चलाइरहेका छन् । नचलाए पनि उनीहरुले मोबाइलमा राखेका छन् । यी सबै एपले कुनै न कुनै प्रयोजनका लागि तपाईंका विवरणहरु संकलन गरिरहेका हुन्छन् ।

गुगलले तपाईंको बैंक खाताको समेत रेकर्ड गरेको हुन्छ । गुगल पे एपबाट गुगलले बैंकको सबै जानकारी राख्ने सामर्थ्य राख्छ । यद्यपि नेपालमा भने गुगल पेको प्रयोग त्यति भएको पाइँदैन ।

कसरी आफ्ना विवरणहरु शेयर गर्नबाट जोगिने ?

गुगलले एउटै खाताबाट सबै जानकारी लिने व्यवस्था गरेको हुन्छ । उक्त खाताका माध्यमबाट गुगलले सबै जानकारी लिने गर्छ । यद्यपि तपाईंलाई गुगलले विकल्प पनि दिएको हुन्छ ।

कुनै महत्त्वपूर्ण कुरा खोजी गर्दा तपाईंले प्राइभेट ब्राउजर प्रयोग गर्न सक्नुहुन्छ । प्राइभेट विन्डोज लगभग सबै ब्राउजर प्रोभाइडरले दिएका हुन्छन् । माइक्रोसफ्टको माइक्रोसफ्ट एजमा पनि यो सुविधा हुन्छ ।

गुगल क्रोमले ‘इन्कोग्निटो’ को सुविधा दिएको छ । यो ब्राउजरमा खोजी गर्दा गुगलले तपाईंको हिस्ट्री र जानकारी राख्दैन ।

गुगलले हिस्ट्री तथा विवरण हटाउने सुविधा पनि दिएको हुन्छ । तर, यसरी हटाउँदैमा गुगलको सर्भरबाट भने हट्दैन । यदि तपाईंको खाता ह्याक भइहाल्यो भने चाहिँ विवरणहरु चोरी हुने सम्भावना भने न्यून हुन्छ ।

 

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ३ : ५६ बजे

इमान्दार बन्न कार्यकर्तालाई ओलीको आग्रह

कपिलवस्तु – नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

अछाम र बाजुरामा विद्युत सेवा बन्द

धनगढी । अछाम र बाजुराको विद्युत् सेवा बन्द गरिएको छ।

एकीकृत समाजवादीको महाधिवेशनमा माधव र झलनाथबीच भिडन्त !

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र

महान्यायाधिवक्ताको राय नआउँदा कोशीमा नयाँ सरकारबारे अलमल

काठमाडौं- महान्यायाधिवक्ताले कानुनी राय दिन ढिलाइ गर्दा कोशी प्रदेशमा नयाँ

आजका समाचार : सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’देखि सुहाङको शपथसम्म

सुनकोशी मरिन डाइभर्सनको सुरूङ ‘ब्रेक–थ्रु’   प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’