एकै मञ्चमा ‘मिस ब्युटीफूल नेपाल’ र ‘मिसेस ब्युटीफूल नेपाल’ | Khabarhub Khabarhub

एकै मञ्चमा ‘मिस ब्युटीफूल नेपाल’ र ‘मिसेस ब्युटीफूल नेपाल’


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–दक्ष इन्टरटेनमेन्टको आयोजनामा अविवाहित र विवाहित महिलाहरुका लागि एकै मञ्चमा दुई सौन्दर्य प्रतियोगिता ‘मिस ब्यूटीफूल नेपाल’ र ‘मिसेस ब्युटीफूल नेपाल’ हुने भएको छ । प्रतियोगिता आगामी फागुन १५ गते हुँदैछ ।

इन्टरटेनमेन्टका टेकराज पाण्डेले अविवाहित युवतीहरुबीच हुने स्पर्धा ‘मिस ब्युटीफूल नेपाल २०२१’ मा राजधानीका विभिन्न स्थानमा बसोबास गर्दै आएका १३ युवती र ‘मिसेस ब्युटीपूmल नेपाल २०२१’ मा विभिन्न पेशा र गृहिणी जीवन बिताईरहेका १२ जना विवाहित महिलाबीच अन्तिम स्पर्धा हुने बताए ।

प्रतियोगितामा ‘मिस ब्यूटीफूल नेपाल’ तर्फ पुजा नाथ, पुर्णिमा क्षत्री, गीता गुरुङ, सोनिया शाही, अनिता तामाङ, सुष्मिता देव, उषा पौडेल, प्रतीक्षा अधिकारी, मनिषा यादव थापा, रुपान्सा महतो, गीता उप्रेती, विजया रन्जीत र सविना खुलाल प्रतिष्पर्धी छन् ।

उता ‘मिसेस ब्युटीफूल नेपाल’मा मञ्जु अधिकारी, आरती भण्डारी सापकोटा, झुमा देवी ओली (नीलम), विनिता देउला, सुशीला श्रेष्ठ, पवित्रा बञ्जारा, मीना महर्जन, सरु थापा, अञ्जु न्यौपाने, सिर्जना रुपाखेती पाण्डे, रोचना राजोपाध्याय र उमा खड्का प्रतिष्पर्धी छन् ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ५ : २० बजे

संकटमा माटोका भाँडा व्यवसायी

कैलाली– पछिल्लो समय प्लास्टिकका भाँडा बढी मात्रामा प्रयोग गर्न थालेपछि

केरा पकाउने राइपनिङ चेम्बर अनुदानमा पाएपछि व्यवसायी उत्साहित

चितवन– जिल्लामा केरा उत्पादन गरेर बिक्री वितरणका लागि केरा पकाउने

समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न एमाले तयार : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेले समग्र सहकारी ठगी प्रकरणमा छानबिन गर्न आफूहरू

नेपालमा ‘इन्ड्राइभ’को आधिकारिक रूपमा सेवा सुरु

काठमाडौं– ‘इन्ड्राइभ’ विशेष गरी सबैलाई थाहा होला । इन्ड्राइभ धेरैलाई

रुसी सेनामा रहेका नेपालीको संख्या अझै यकिन भएको छैन : परराष्ट्रमन्त्री श्रेष्ठ

काठमाडौं– उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीहरूको