नाइजेरियामा सैनिक विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित सातको मृत्यु  « Khabarhub

नाइजेरियामा सैनिक विमान दुर्घटना हुँदा चालक दलका सदस्यसहित सातको मृत्यु 


९ फाल्गुन २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अबुजा– नाइजेरियाको राजधानी अबुजाको विमानस्थलमा आइतबार भएको सैनिक विमान दुर्घटनामा चालक दलका सदस्यसहित सात सैनिक अधिकारीको मृत्यु भएको छ ।

सैनिक विमान किङ एअर ३५० अबुजाबाट मिएनाका लागि उड्नासाथ अबुजा विमानस्थल नजिकै दुर्घटनाग्रस्त भएको नायजेरियाली सेनाले पुष्टि गरेको हो ।

यसअघि उड्डयन मन्त्री हदी सिरिकाले आफ्नो आधिकारिक ट्वीटरमार्फत दुर्घटनाको पुष्टि गरेका थिए ।

सिरिकाले हामी शान्त रही सेनाको अनुसन्धानको नतिजाको लागि पर्खनु पर्छ भन्दै सबैलाई मृतात्माको शान्तिका लागि प्रार्थना गर्न आग्रह गरेका थिए ।

प्रकाशित मिति : ९ फाल्गुन २०७७, आइतबार  ८ : ४७ बजे

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न

दसैँका च्याङ्ग्राको मूल्य महँगो, रोज्जाकै ५० हजार

बागलुङ– दसैँमा हिमाली भेँडा च्याङ्ग्राको मासु खाने गरिन्छ । बागलुङ