काठमाडौँ- नेकपा एमालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाउँदै लगेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसमा कटाक्ष गरेका छन् ।
एमालेको विधान संसोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिएको भोलिपल्ट आइतबार बिहान ट्वीट गर्दै डा.भट्टराईले ओलीलाई कटाक्ष गर्दै नेपाली हिटलरको संज्ञा दिएका छन् ।
ओली र एमालेको नाम नलिइकन कटाक्ष गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईले हिटलरको उदाहरण दिँदै क्रमशः सबैमाथि प्रतिगमनकारी प्रहार हुन सक्ने खतरा औँल्याएका छन् ।
‘हिटलरबारे चर्चित भनाइ छ– ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ । किनकी म यहुदी थिइनँ…अन्त्यमा उनीहरू मविरूद्ध आइलागे,कोही पनि बोलेन । किनकि कोही पनि बाँकी थिएन,’ सामाजिक सञ्जामार्फत आफ्नो धारणा राख्दै डा. भट्टराईले सचेत गराएका छन्, ‘नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ ! उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ ! होसियार !
हिट्लरबारे चर्चित भनाइ छ-‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे,म बोलिनॅ किनकि म यहुदी थिइनॅ;…अन्त्यमा उनीहरू मबिरूद्ध आइलागे,कोही पनि बोलेन किनकि कोही पनि बाॅकी थिएन!’नेपाली हिट्लरको उदय त्यसरी नै भैरहेछ!उसले पार्टी,राज्यको शक्ति आफुमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउॅदैछ!होशियार!
— Baburam Bhattarai (@brb1954) March 21, 2021
प्रतिक्रिया