ओलीलाई डा. भट्टराईको कटाक्ष- नेपाली हिटलरले सवैमाथि खड्ग चलाउँदैछ, होशियार ! « Khabarhub

ओलीलाई डा. भट्टराईको कटाक्ष- नेपाली हिटलरले सवैमाथि खड्ग चलाउँदैछ, होशियार !


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  नेकपा एमालले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई थप शक्तिशाली बनाउँदै लगेपछि पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले त्यसमा कटाक्ष गरेका छन् ।

एमालेको विधान संसोधन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीलाई समानुपातिक सांसद हटाउन सक्ने अधिकार दिएको भोलिपल्ट आइतबार बिहान ट्वीट गर्दै डा.भट्टराईले ओलीलाई कटाक्ष गर्दै नेपाली हिटलरको संज्ञा दिएका छन् ।

ओली र एमालेको नाम नलिइकन कटाक्ष गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका डा.भट्टराईले  हिटलरको उदाहरण दिँदै क्रमशः सबैमाथि प्रतिगमनकारी प्रहार हुन सक्ने खतरा औँल्याएका छन् ।

‘हिटलरबारे चर्चित भनाइ छ– ‘पहिले उनीहरू यहुदीविरूद्ध जाइलागे, म बोलिनँ । किनकी म यहुदी थिइनँ…अन्त्यमा उनीहरू मविरूद्ध आइलागे,कोही पनि बोलेन । किनकि कोही पनि बाँकी थिएन,’ सामाजिक सञ्जामार्फत आफ्नो धारणा राख्दै डा. भट्टराईले सचेत गराएका छन्, ‘नेपाली हिटलरको उदय त्यसरी नै भैरहेछ ! उसले पार्टी, राज्यको शक्ति आफूमा केन्द्रित गरेर सबैमाथि खड्ग चलाउँदैछ ! होसियार !

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ८ : २५ बजे

ऊर्जामन्त्री श्रेष्ठ बाढी प्रभावित क्षेत्रमा

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठ बाढी प्रभावित

क्षेत्रीय तनाव नबढाउन इरानको आग्रह, आक्रमणको प्रतिकार गर्ने चेतावनी

एजेन्सी– इरान युद्धको पक्षमा नरहेको तर आफ्नो मुलुकमाथि कुनै पनि

रविलाई बालेनले भने : बाढीपीडितको राहत र उद्धारमा राज्यका सबै शक्ति पूर्ण क्षमतामा परिचालित छन्

काठमाडौं – प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र

‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’

नेपालगञ्ज– ‘छोरीले तिहारमा आउँछु आमा, राम्ररी बसे है भनेर फोनमा

रसुवा बाढी पीडितको राहत र उद्धारमा प्रश्न उठिरहेका बेला रवि र बालेनबीच सिंहदरबारमा भेटवार्ता

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी