हात्तीको आक्रमणबाट महिलाको मृत्यु « Khabarhub

हात्तीको आक्रमणबाट महिलाको मृत्यु


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- जङ्गली हात्तीको आक्रमणबाट पश्चिम चितवनमा एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१३ उजेलीनगर घर भई सोही स्थानको गङ्गानगर भाइको घरमा गएकी ५० वर्षीया तीलमाया भुजेल रहेकी छन् ।

इलाका प्रहरी कार्यालय गीतानगरका अनुसार आज बिहान करिब ४ बजे जङ्गली हात्तीको आक्रमणबाट भुजेलको घटनास्थलमा नै मृत्यु भएको हो ।

यस्तै हात्तीले सोही स्थानमा तीनवटा घर पूर्णरूपमा क्षति पुर्‍याएको कार्यालयले जनाएको छ ।

हात्तीको आक्रमणबाट भएको पूर्ण क्षतिको विवरण आइसकेको छैन । हात्तीले घर भत्काउन लागेपछि बाहिर निस्किएर भाग्ने क्रममा उनलाई हात्तीले आक्रमण गरेको हो ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ९ : २५ बजे

प्रधानमन्त्री बालेनको गीत बनायो नयाँ रेकर्ड

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको नयाँ र्‍याप गीत ‘जय महाकाली’ले

पर्यटन विकाससँगै जैविक विविधता जोगाउन ‘प्यारा’ तालको संरक्षण गरिँदै

कैलाली – कैलालीसँगै सिमाना जोडिएको जिल्ला कञ्चनपुरको पुनर्वास नगरपालिका–८ र

नागरिकसँग गरेका वाचा पूरा गर्छौं : लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले नागरिकसँग

लेबनान ‘मानवीय विपत्ति’ को जोखिममा : युएनएचसिआर

जेनेभा – मध्यपूर्व युद्धको झन्डै एक महिनापछि लेबनानले गहिरिँदै गएको

बालेनलाई चिनियाँ समकक्षी ली छ्याङको बधाई, बीआरआईसहितमा मिलेर काम गर्न तयार

काठमाडौं – चीनका प्रधानमन्त्री ली छ्याङले नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र