स्थानीय पाठ्यक्रम बनाउने तयारीमा बन्दीपुर « Khabarhub

स्थानीय पाठ्यक्रम बनाउने तयारीमा बन्दीपुर


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको बन्दीपुर गाउँपालिका स्थानीय पाठ्यक्रम निर्माणका लागि जुटेको छ ।

आगामी शैक्षिक सत्र २०७८ मा लागू गर्ने गरी बन्दीपुरले स्थानीय पाठ्यक्रम निर्माणको तयारी गरेको हो ।

पाठ्यक्रम निर्माणका लागि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीको संयोजकत्वमा समिति गठन गरिएको छ । उक्त समितिमा विभिन्न विद्यालयका प्रधानाध्यापक र समाजसेवी सदस्य रहेका छन् ।

आफ्नै पाठ्यक्रम निर्माण गरी आगामी शैक्षिक सत्रबाट लागू गर्ने नीतिअनुसार अहिले काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले जानकारी दिए ।

गाउँपालिकाभित्रका आर्थिक, सामाजिक, जातीय, सांस्कृतिक, धार्मिक, पर्यटकीय, ऐतिहासिक, कृषिलगायत क्षेत्रलाई समेटेर पाठ्यक्रम निर्माण गर्न लागिएको उनले बताए ।

गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले सबै गाउँपालिकावासीको भावना समेटिने गरी पाठ्यक्रम निर्माण गरिने बताए । पाठ्यक्रम निर्माणका क्रममा सबै क्षेत्रको सुझाव समेटिने उनले जानकारी दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १० : १० बजे

उत्तर यमनमा साउदी हवाई आक्रमणमा १४ जनाको मृत्यु, १० घाइते

साना – यमनको उत्तरी प्रान्त अल–जौफमा बुधबार भएको साउदी हवाई

पोखरा स्कुल बस दुर्घटना : प्राविधिक खराबी र तीव्र गति

कास्की – पोखरा महानगरपालिका–२८ माझठानास्थित ओख्लेमा गत असोज २३ गते

सरकारद्वारा साइबर सुरक्षा एड्भाइजरी जारी

काठमाडौं – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले साइबर सुरक्षा एड्भाइजरी गरेको

भौतिक पूर्वाधार निर्माणका लागि चीनद्वारा उपकरण प्रदान

ताप्लेजुङ – चीन सरकारको अनुदान सहयोगस्वरूप ताप्लेजुङको मेरिङदेन गाउँपालिकालाई स्काभेटर

कुरियरमार्फत ल्याइएको गाँजासहित दुई भारतीय पक्राउ

काठमाडौं – लागुऔषध नियन्त्रण ब्यूरो कोटेश्वरको टोलीले अमेरिकाबाट कुरियरमार्फत ल्याइएको