टीकापुरमा आजदेखि होली शुरू « Khabarhub

टीकापुरमा आजदेखि होली शुरू


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली– कैलालीको टीकापुरमा आजदेखि होली देउडा खेल्न शुरू गरिने भएको छ । टीकापुर सांस्कृतिक समाजको आयोजनामा खेलिने होली देउडा टीकापुरको खुलामञ्चमा शुरू हुनेछ । होलीको तयारीका लागि शनिबार आयोजक सांस्कृतिक समाज टीकापुरले होली सञ्चालनका विषयमा सर्वपक्षीय सर्वदलीय छलफल गरेको छ ।

टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले सांस्कृतिक समाज टीकापुरले होलीको समयमा मात्र नभई सधैँ संस्कृति संरक्षणका लागि सक्रिय हुनुपर्ने बताए ।

“संस्कृति हाम्रो पहिचान हो, संस्कृतिले सभ्यता सिकाउने भएकाले कला र संस्कृति संरक्षणका लागि सांस्कृतिक समाजको सक्रियता आवश्यक छ”, नगरप्रमुख रावलले भने, “होलीलगायत यस क्षेत्रमा रहेका संस्कृति जोगाउन नगरपालिकाले सक्दो सहयोग गर्नेछ । संस्कृति नयाँपुस्तामा हस्तान्तरण गर्ने विषयमा सबैले सचेत हुनुपर्ने आवश्यकता छ ।”

होली देउडा अष्टमीदेखि शुरू गरिए पनि राति भने पूर्णिमाको केही दिन अगाडिदेखि मात्र खेलिने भएकाले त्यसको व्यवस्थापन गरिने प्रमुख रावलले बताए । “रातिको समयमा होली देउडा खेल्न सुरक्षाका हिसाबले चुनौती छ”, उनले भने, “त्यसलाई व्यवस्थापनमा ध्यान दिन आवश्यक छ ।”

छलफलमा वडा नं १ का वडाध्यक्ष गङ्गाराम आचार्यले होली एउटा संस्कृति भएकाले त्यसको संरक्षणमा आफ्नो सहयोग रहने बताए । देउडाप्रेमीले होली देउडा खेल्ने समय दिउँसो बढाएर रातिको समय छोट्याउनुपर्ने सुझाव दिएका छन् ।

“विगतका वर्षमा रातिको समयमा खेलिने देउडा अब राति खेल्न सुरक्षा नभएकाले दिउँसोको समय बढाएर दिउँसो मात्र खेल्न जरुरी छ”, देउडा संरक्षणकर्मी देवानन्द रिमालले भने, “संस्कृति पनि संरक्षण होस्, समय पनि व्यवस्थापन हुने गरी चाडपर्व मनाउनुपर्छ ।”

टीकापुरमा आयोजना हुने होली देउडा हेर्न सुदूरपश्चिमका विभिन्न जिल्ला र प्रदेश नं ५ का बर्दिया, बाँकेका नागरिक पनि हेर्न आउने गर्छन् । सुदूरपश्चिमका पहाडी जिल्लाबाट बसाइँ सरी आएका नागरिकले खेल्ने होली देउडा पछिल्लो समय सबै नागरिकले खेल्ने गरेका छन् । होली देउडा खेल्दा पुरुष सेतो पहिरनमा सजिएर, फूलको माला र रातो टीका पहिरिएर खेल्ने चलन छ ।

सांस्कृतिक समाजले देउडा खेल युवापुस्तामा हस्तान्तरण गर्न आवश्यक रहेको भन्दै टीकापुरमा साप्ताहिकरूपमा दुई महिनादेखि देउडाको अभ्यास गराइरहेको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १० : ५६ बजे

७२ वर्षको वर्षमा नागरिकता प्राप्त

तनहुँ– बन्दीपुर गाउँपालिका– ४ लोहीपाखाकी मङ्गली भुजेलले ७२ वर्षको उमेरमा

टिपरले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु भएपछि बनेपामा तनाव

काठमाडौं – बुधबार बिहान काभ्रेको बनेपामा टिपरको ठक्करबाट स्कुटर चालकको

९ लाख बढी राजस्व संकलन

कर्णाली– सुर्खेत जिल्ला प्रहरी कार्यालयले सवारी नियम पालना नगरेका सवारीचालकबाट

भोजपुरमा १३ पक्की पुल निर्माण

भोजपुर– सङ्घीयता कार्यान्वयनपछि जिल्लाका विभिन्न भागमा प्रदेश सरकारले १३ वटा

ललितपुर र भक्तपुरका पाँच क्षेत्र : कांग्रेस र रास्वपाबीच कडा टक्कर, भक्तपुर १ मा नेमकिपा ढुक्क

 काठमाडौं – देशभर चुनावको माहोल लागिरहँदा काठमाडौँ उपत्यकामा पनि दलहरूले