ब्राउन सुगरसहित ६ जना पक्राउ « Khabarhub

ब्राउन सुगरसहित ६ जना पक्राउ


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापाका विभिन्न स्थानबाट एकै दिन ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् ।

अर्जुनधारा ११ विर्तामोड बसपार्कबाट झापा भद्रपुर ९ गरामनीका १९ वर्षीय पवन भनिने साईल खानलाई प्रहरीले लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको हो । उनको साथबाट ५ ग्राम लागुऔषध बरामद भएको छ ।

यस्तै पूर्वी सिमाक्षेत्र मेचीनगर १३ चारआलीबाट एकसाथ तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मेचीनगर १५ का ३० वर्षीय कुमोलाल राजवंशी, सोही ठाउँका २४ वर्षीय सञ्जय मुखिया र भद्रपुर १० का १९ वर्षीय श्रवण मुखिया रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार उनीहरुको साथबाट २९ ग्राम ब्राउनसुगर फेला परेको छ ।

यस्तै भद्रपुर ४ डाँगीबारीबाट विर्तामोड ८ का १९ वर्षीय सरोज सुनुवार र सोही ठाउँका १९ वर्षीय अभिषेक राजवंशी पनि ब्राउन सुगरसहित पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाका अनुसार उनीबाट २ ग्राम ४३ मिलिग्राम ब्राउन सुगर पनि भेटिएको छ । प्रक्राउ परेका सवै माथि अदालतबाट म्याद थप भई अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ११ : २९ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले