झापामा ४५ हजारले लगाए खोप « Khabarhub

झापामा ४५ हजारले लगाए खोप


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- झापामा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चूडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको सङ्ख्या ४५ हजार ३५२ पुगेको छ ।

यहाँ आठ नगरपालिका र सात गाउँपालिका छन् । तीमध्ये सबैभन्दा बढी दमक नगरपालिकाका पाँच हजार ४५५ ले र सबैभन्दा कम बाह्रदशी गाउँपालिकाका एक हजार २०० ले मात्र खोप लगाएका छन् ।

शिवसताक्षी नगरपालिकाका चार हजार ७४९ ले, गौरादह नगरपालिकाका चार हजार ६५३ ले, विर्तामोड नगरपालिकाका तीन हजार ७७३ ले, कनकाई नगरपालिकाका तीन हजार ४९९ ले, कमल गाउँपालिकाका तीन हजार २४८ ले र भद्रपुर नगरपालिकाका तीन हजार ७५ ले कोभिशिल्ड खोप लगाइसकेका छन् ।

यसैगरी मेचीनगर नगरपालिकाका दुई हजार ८५४ ले, अर्जुनधारा नगरपालिकाका दुई हजार ७२३ ले, गौरीगञ्ज गाउँपालिकाका दुई हजार ४५१ ले, कचनकबल गाउँपालिकाका दुई हजार १२३ ले, हल्दिबारी गाउँपालिकाका दुई हजार एकले, झापा गाउँपालिकाका एक हजार ८२३ ले, बुद्धशान्ति गाउँपालिकाका एक हजार ७०९ ले र बाह्रदशी गाउँपालिकाका एक हजार २०० ले उक्त खोप लगाइसकेका छन् ।

गत फागुन २३ गतेदेखि प्राथमिकताका आधारमा खोप लगाउने कार्य जारी छ । पहिलो चरणमा कोभिड १९ महामारीविरुद्ध अग्रपङ्क्तिमा खटिएका स्वास्थ्यकर्मी, सरसफाइकर्मी र स्वयम्सेवकले खोप लगाएका थिए । त्यसपछिका चरणमा पत्रकार, सुरक्षाकर्मी, जनप्रतिनिधि र ज्येष्ठ नागरिकले खोप लगाउन पाएका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १ : १० बजे

पाकिस्तानविरुद्ध इंग्ल्यान्डको जित, ह्यारी ब्रुकको शतक

काठमाडौँ- आईसीसी टी–२० विश्वकपअन्तर्गत पाकिस्तानविरुद्ध इंग्यान्डले जित हासिल गरेको छ

अदालतले आदेश दिए पनि छुटेनन् दुर्गा प्रसाईँ

काठमाडौँ- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरण रिटमा रिहा गर्न आदेश दिए पनि

काठमाडौंसहित विभिन्न जिल्लामा असिना पानी, सबभन्दा धेरै संखुवासभामा

काठमाडौँ- पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा

निर्वाचन सुरक्षामा शंका गर्नुपर्दैन, ढुंक्क भएर मताधिकार प्रयोग गरौँ : प्रधानमन्त्री कार्की

काठमाडौँ- प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचनको तयारी र समग्र सुरक्षा अवस्थाबारे

धादिङमा चट्याङ पर्दा गोरखाकी विनिसाको मृत्यु

धादिङ- धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–३ खुर्सानीटामा चट्याङ पर्दा एक किशोरीको मृत्यु