प्रधानमन्त्रीले नैतिकता देखाएनन्, अब राजीनामा दिनुपर्छ– प्रकाशमान सिंह « Khabarhub

प्रधानमन्त्रीले नैतिकता देखाएनन्, अब राजीनामा दिनुपर्छ– प्रकाशमान सिंह


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् ।

आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्ताहरुलाई कांग्रेस पार्टीमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निम्ति प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले न्यूनतम नैतिकतासमेत नदेखाएको उनको भनाइ छ ।

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टी (जसपा)ले सरकारको राजीनामा माग नगरेको परिस्थिति भए पनि राजनीतिको मूल्य–मान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।

कम्युनिस्ट पार्टीले जनताले पाँच वर्षको लागि दिएको म्यान्डेड पूरा गर्न नसकेको पनि उनले बताए । अब राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउनको लागि सबै दलहरु लागेर अगाडि बढ्नुपर्ने र निकास दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १ : ४० बजे

सोमबार भगवान शिवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २६ गते सोमबार सन् २०२६

आज २०८३ साल असोज २६ गते सोमबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २६ गते सोमबार सन् २०२६ अक्टोबर

सुनका गरगहना चोरीमा संलग्न पाँचजना पक्राउ

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–१, लोकन्थलीस्थित एउटा घरबाट सुनका गरगहना,

प्रधानाध्यापकमाथि हातपात गर्ने २ जना पक्राउ

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–१०, कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका

पोखरा स्कुल बस दुर्घटनाका घाइतेलाई एयर एम्बुलेन्सबाट काठमाडौं लगियो

पोखरा । कास्कीको पोखरा महानगरपालिका–२८ ओख्लेमा स्कुल बस दुर्घटनामा घाइते अश्मि