प्रधानमन्त्रीले नैतिकता देखाएनन्, अब राजीनामा दिनुपर्छ– प्रकाशमान सिंह « Khabarhub

प्रधानमन्त्रीले नैतिकता देखाएनन्, अब राजीनामा दिनुपर्छ– प्रकाशमान सिंह


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन् ।

आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्ताहरुलाई कांग्रेस पार्टीमा प्रवेश गराउँदै नेता सिंहले सरकार गठनका निम्ति प्रधानमन्त्री ओलीले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएका हुन् । प्रधानमन्त्री ओलीले न्यूनतम नैतिकतासमेत नदेखाएको उनको भनाइ छ ।

माओवादी केन्द्रले सरकारको समर्थन फिर्ता नलिएको तथा जनता समाजवादी पार्टी (जसपा)ले सरकारको राजीनामा माग नगरेको परिस्थिति भए पनि राजनीतिको मूल्य–मान्यताको ख्याल गर्दै प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने उनले बताए ।

कम्युनिस्ट पार्टीले जनताले पाँच वर्षको लागि दिएको म्यान्डेड पूरा गर्न नसकेको पनि उनले बताए । अब राजनीतिक अस्थिरताबाट देशलाई मुक्ति दिलाउनको लागि सबै दलहरु लागेर अगाडि बढ्नुपर्ने र निकास दिनुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १ : ४० बजे

फ्लप बन्यो प्रियंकाको ‘कपी’ फिल्म ‘मास्टर्नी’

काठमाडौं – नायिका प्रियंका कार्कीको होम प्रोडक्सनमा बनेको पहिलो फिल्म

बेत्रावतीबासी भन्छन्- तत्काल गम्भीर भएर उद्धार गरिदिनुस्

काठमाडौं– रसुवा बाढीका कारण पूर्ण रुपमा क्षति भएको बेत्रावतीका स्थानीयहरुले

रसुवा बाढी : बेपत्ताको संख्या यकिन गर्न कठिन, खोजी तथा उद्धार तीव्र

काठमाडौं – रसुवा बाढीमा बेपत्ता भएका व्यक्तिको यकिन संख्या निर्धारण गर्न

जापानको औद्योगिक उत्पादनमा सामान्य वृद्धि

एजेन्सी– जापानको औद्योगिक उत्पादन जुलाईमा अघिल्लो महिनाको तुलनामा शून्य दशमलव

बौद्धनाथ क्षेत्र विकास समितिको अध्यक्षमा सुरेन्द्र बज्राचार्य

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले श्री बौद्धनाथ क्षेत्र