अन्तराष्ट्रिय पर्यटन प्रर्वद्धनमा भाग लिदैं नेपाल « Khabarhub

अन्तराष्ट्रिय पर्यटन प्रर्वद्धनमा भाग लिदैं नेपाल


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना महमामारी (कोभिड–१९) ले थलिएको नेपालको पर्यटन प्रर्वद्धन गर्न नेपालले पहिलो पटक सहभागिता जनाउने भएको छ ।

पर्यटन बोर्डले भारतमा आयोजना हुने साउथ एशियाज ट्रावल एण्ड टुरिजम एक्सचेन्ज (साटे)मा सहभागिता जनाउने भएको हो ।

मार्च २४ देखि २६ तारिखसम्म भारतको ग्रेटर नोयडामा आयोजना हुने उक्त कार्यक्रममा बोर्डको नेतृत्वमा नेपाल वायुसेवा निगम सहित विभिन्न २५ ओटा कम्पनी सहभागी हुने छन् ।

पर्यटन प्रर्वद्धनका लागि पहिले छिमेकी मुलकका बजारमा जाने रणनीति अनुरुप बोर्डले साटेमा सहभागिता जनाउन लागेको पर्यटन बार्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) डा. धनन्जय रेग्मीले जानकारी दिए ।

‘भारतमा पनि विस्तारै पर्यटकीय गतिविधि बढिरहेको छ । तर भारतले अझै धेरै मुलुकहरुका लागि प्रवेशाज्ञा नखोलिरहेको सन्र्दभमा यो कार्यक्रममा नेपालको सहभागिता महत्वपूर्ण हुने अपेक्षा गरेका छौं’ उनले भने, ‘साटेको प्रभावकारिता हेरेर क्रमशः भारतका अन्य पर्यटन बजारमा पनि पर्यटन प्रर्वद्धनका कार्यक्रमहरुमा सहभागिता जनाइने छ ।

पछिल्लो पटक सरकारले नेपाल भारत यातायात सुचारु गर्ने निर्णय गरेको र यस अघि एअरबबल सम्झौता अनुरुप नेपाल भारत दुवै देशबाट दैनिक दुई वटा हवाई उडान समेत भइरहकाले यो कार्यक्रम नेपालको पर्यटन प्रर्वद्धन गर्न सहयोगी हुने बोर्डको धारणा छ ।

पर्यटन बोर्डले भारतीय पर्यटकहरुलाई नेपालमा आर्कषित गर्न सीमा क्षेत्र,हिल स्टेशन तथा अन्य पर्यटकीय स्थलहरुका छुट्टाछुट्टै रणनीतिको आवश्यकता पहिचान गरि सोही अनुरुपको रणनीति समेत बनाएको बोर्डका प्रमुख कार्यकारी अधिकृत डा.रेग्मीले जानकारी दिए ।

भारतमा हुने साटेमा पर्यटनसँग सम्बन्धित क्षेत्रीय तथा अन्तरराष्ट्रिय पर्यटन उद्योग,बिक्रेता र पर्यटनसँग सम्बन्धित संघ संस्था तथा व्यक्तित्वहरुको सहभागिता रहने गर्दछ । भारत सरकारको पर्यटन मन्त्रालयको सहयोगमा हुने साटेलाई दक्षिण एशियाको महत्वपूर्ण पर्यटन एक्सचेन्ज मेलाका रुपमा लिने गरिन्छ । कोभिडको संक्रमण पछि नेपाल पर्यटन बोर्डले डिजिटल माध्यमबाट विभिन्न अनतरराष्ट्रिय मञ्चहरुमा नेपालको पर्यटन प्रर्वद्धनको काम गरेपनि भौतिक रुपमा सहभागिता जनाउने यो पहिलो कार्यक्रम हो ।

नेपालले सन् २०२० मा जनवरी ८ देखि १० तारिखमा भारतको ग्रेटर नोयडामै आयोजना भएको साटेमा समेत सहभागीता जनाएको थियो ।

गत वर्ष नेपालबाट विभिन्न ३६ वटा संस्था कम्पनीहरुले सहभागीता जनाएका थिए । यो वर्ष कोरानाको कारण सहभागी हुन जाने कम्पनीहरुको संख्या केही घटेपनि कोभिडको खोप आइसको अवस्थामा भारतीय बिक्रेतालाई विभिन्न प्याकेज मार्फत आर्कषित गरिने निजी क्षेत्रका सहभागीको धारणा छ । जस अनुसार सहभागी कम्पनीहरुले विभिन्न खालका प्याकेज समेत तयार पारेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १ : ५२ बजे

टी–२० विश्वकप : वेस्ट इन्डिजले इंग्ल्यान्डलाई दियो १९७ रनको लक्ष्य

मुम्बई – आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत मुम्बईको वानखेडे स्टेडियममा

अख्तियारले न्याय सम्पादनलाई निष्पक्ष बनाउनुपर्छ : मधेश प्रदेश प्रमुख

जनकपुरधाम – मधेश प्रदेशका प्रमुख डा सुरेन्द्रलाभ कर्णले भष्ट्रारचार नियन्त्रणको

अमेरिकाले कडा माग राखेका कारण आणविक वार्ता सफल नभएको इरानको दाबी

तेहरान – इरानका राष्ट्रपति मसुद पेजेस्कियनले पश्चिमा मुलुक र अमेरिकाले

पशुपतिमा यसरी हुँदैछ शिवरात्रिको तयारी (तस्बिरहरू)

काठमाडौं – यस वर्षको महाशिवरात्रि पर्वलाई लक्षित गर्दै आराध्यदेव भगवान्

वर्तमान परिस्थितिमा निर्वाचनको विकल्प छैन : प्रचण्ड

बागलुङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल