सिद्धार्थ ग्यालरीमा ‘साइकल्स अफ इम्पेर्मेन्स « Khabarhub

सिद्धार्थ ग्यालरीमा ‘साइकल्स अफ इम्पेर्मेन्स


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सम्पदा र संस्कृतिका विविध विषय समेटिएका कलाकृतिको प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरीमा बबरमहलमा चलिरहेको छ ।

‘साइकल्स अफ इम्पेर्मेन्स’ शीर्षकमा युवाकलाकार कविराज लामाले तयार पारेका प्रिन्टमेकिङ प्रदर्शनीमा इतिहासका विरासतलाई उतारिएको छ ।

कलाकार लामाले समकालीन परिदृश्यमा घटिरहेका विविध परिघटनाको सांस्कृतिक, बौद्धिक तथा सिर्जनात्मक अभिलेख कलामार्फत गरेका छन् । उनले २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसको पराकम्पले पारेको सामाजिक, सांस्कृतिक तथा मानवीय क्षतिको स्मरणलाई कलामार्फत प्रस्तुत गरेको बताए ।

प्रदर्शनीमा राखिएका कलाकृति इचिङ, लिथोग्राफी र उडकटबाट तयार पारिएका छन् । तिनमा भूकम्पका कारण भग्नावशेष अवस्थामा पुगेका सम्पदा र तिनको पुनर्निर्माणको अवस्थालाई देखाइएको छ ।

प्रदर्शनीमा उनले पुनर्निर्माणका क्रममा स्वयम्भू, बौद्धनाथ, पाँचतले मन्दिरमा बाँस तथा फलामको खट लगाएर काम गरेका मानिस र तिनको लगावको विषयमा बनाइएका कलाकृति समेत राखेका छन् ।

नेपाली प्रिन्टमेकिङ विधामा कविराजका कलाले समसामयिकपनलाई देखाउन सकेको नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनालले बताए ।

उक्त प्रदर्शनीमा लामाले भूकम्पपछि सन् २०१८ मा सगरमाथा आधारशिविरमा तयार पारेका प्रिन्टकला समेत राखेका छन् । आधारशिविरमा प्रिन्टमेकिङ कार्यशाला राखेर तयार पारिएका कलामार्फत उनले भूकम्पमा मृत्यु भएकाप्रति समर्पित गरेका छन् ।

१९ फेब्रअरीदेखि सुरु भएको यो प्रदर्शनी २३ मार्चसम्म चल्ने ग्यालरीले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  २ : २० बजे

चीनको व्यावसायिक रकेट कार्यक्रम अगाडि बढ्दै

एजेन्सी– चीनको ‘लङ मार्च–१२बी’ रकेटले शुक्रबार दिउँसो परीक्षण सफलतापूर्वक सम्पन्न

काभ्रेपलाञ्चोकका किसान मल्चिङ विधिबाट कफीखेती गर्दै

धुलिखेल– आम्दानीको मुख्य स्रोत कफीखेतीलाई बनाउँदै आएका काभ्रेपलाञ्चोकका महाभारत गाउँपालिकाका

संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड

काठमाडौं– पूर्वराष्ट्रपति रामवरण यादवले नेपालको संविधान उत्कृष्ट रहेको बताउँदै त्यसको

महोत्तरीमा चार लाख ३१ हजार मतदाता कायम

जलेश्वर– जिल्ला निर्वाचन कार्यालयले मतदाता नामावली अद्यावधिक गरेको छ ।

जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो

एजेन्सी – ऊर्जा मूल्यमा आएको गिरावट र खाद्य पदार्थको मूल्य