सिद्धार्थ ग्यालरीमा ‘साइकल्स अफ इम्पेर्मेन्स « Khabarhub

सिद्धार्थ ग्यालरीमा ‘साइकल्स अफ इम्पेर्मेन्स


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सम्पदा र संस्कृतिका विविध विषय समेटिएका कलाकृतिको प्रदर्शनी सिद्धार्थ आर्ट ग्यालरीमा बबरमहलमा चलिरहेको छ ।

‘साइकल्स अफ इम्पेर्मेन्स’ शीर्षकमा युवाकलाकार कविराज लामाले तयार पारेका प्रिन्टमेकिङ प्रदर्शनीमा इतिहासका विरासतलाई उतारिएको छ ।

कलाकार लामाले समकालीन परिदृश्यमा घटिरहेका विविध परिघटनाको सांस्कृतिक, बौद्धिक तथा सिर्जनात्मक अभिलेख कलामार्फत गरेका छन् । उनले २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्प र त्यसको पराकम्पले पारेको सामाजिक, सांस्कृतिक तथा मानवीय क्षतिको स्मरणलाई कलामार्फत प्रस्तुत गरेको बताए ।

प्रदर्शनीमा राखिएका कलाकृति इचिङ, लिथोग्राफी र उडकटबाट तयार पारिएका छन् । तिनमा भूकम्पका कारण भग्नावशेष अवस्थामा पुगेका सम्पदा र तिनको पुनर्निर्माणको अवस्थालाई देखाइएको छ ।

प्रदर्शनीमा उनले पुनर्निर्माणका क्रममा स्वयम्भू, बौद्धनाथ, पाँचतले मन्दिरमा बाँस तथा फलामको खट लगाएर काम गरेका मानिस र तिनको लगावको विषयमा बनाइएका कलाकृति समेत राखेका छन् ।

नेपाली प्रिन्टमेकिङ विधामा कविराजका कलाले समसामयिकपनलाई देखाउन सकेको नेपाल ललितकला पत्रकार समाज (सोफाज) का अध्यक्ष केशव राज खनालले बताए ।

उक्त प्रदर्शनीमा लामाले भूकम्पपछि सन् २०१८ मा सगरमाथा आधारशिविरमा तयार पारेका प्रिन्टकला समेत राखेका छन् । आधारशिविरमा प्रिन्टमेकिङ कार्यशाला राखेर तयार पारिएका कलामार्फत उनले भूकम्पमा मृत्यु भएकाप्रति समर्पित गरेका छन् ।

१९ फेब्रअरीदेखि सुरु भएको यो प्रदर्शनी २३ मार्चसम्म चल्ने ग्यालरीले जनाएको छ ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  २ : २० बजे

गण्डकीमा अनलाइनबाटै प्रसारण संस्थाको दर्ता र नवीकरण

गण्डकी– प्रेस रजिष्ट्रारको कार्यालय, गण्डकीले अनलाइनबाट प्रसारण संस्थाको दर्ता तथा

फेरिँदैछ सम्बन्ध बिच्छेदको उद्देश्य र कारण

म्याग्दी- म्याग्दीमा सम्बन्ध बिच्छेदको कारण र उद्देश्य फेरिन थालेको छ।

पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार

म्याग्दी– अन्नपूर्ण गाउँपालिका– ८ स्थित पर्यटकीयस्थल आलडाँडामा केन्द्रीय प्रसारण लाइनको

जेनजी आन्दोलनका शहीद परिवार र घाइतेलाई ५० लाखसम्म सहुलियतपूर्ण कर्जा दिइने

काठमाडौँ– सरकारले जेनजी आन्दोलनका शहीद परिवार तथा घाइतेलाई स्वरोजगार उद्यम

राज कपूरसँग चर्चा चलिरहँदा वैजयन्तीमालाकाे अर्कै व्यक्तिसँग प्रेम

एकातिर भारतीय सिनेमाकी पहिलो महिला सुपरस्टारको चमक, अर्कोतिर राज कपूरसँग