कांग्रेस नेता जोशीको उपचार गर्न सरकारले दिएको १० लाख परिवारले नलिने « Khabarhub

कांग्रेस नेता जोशीको उपचार गर्न सरकारले दिएको १० लाख परिवारले नलिने


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– मष्तिस्काघात भएर उपचाररत् नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीलाई सरकारले दिने भनेको १० लाख रुपैयाँ सहयोग उनको परिवारले नलिने भएको छ ।

सरकारले दिने भनेको सहयोग रकम परिवारले नलिने घोषणा गरेको जोशीका सहयोगी पुष्कर पाण्डेले बताए ।

सरकारले गएको बिहीबार मन्त्रिपरिषद्बाट निर्णय गरेर जोशीको उपचारका लागि १० लाख सहयोग गर्ने निर्णय गरेको थियो । तर, परिवारले भने सहयोग नलिने निर्णय गर्दै त्यो पैसाले विपन्न वर्गलाई स्वास्थ्य उपचार गर्न आग्रह गरेको हो ।

‘सरकारले अनर गर्‍यो, त्यसका लागि हामी धन्यवाद दिन चाहन्छौँ । हामीले उहाँको परिवारले त्यो सहयोग स्वीकार नगर्ने निर्णय गरेको कुरा जानकारी गराउन चाहन्छौँ,’ पाण्डेले भिडियो सन्देशमार्फत भनेका छन्, ‘सरकारले दिने भनेको सहयोग विपन्न वर्गको उपचारमा लगाओस र विपन्न वर्गले उपचार अभावमा मृत्यु हुने अवस्थाको अन्त्य होस् भन्ने परिवारको चाहना हो ।’

उपचार अभावमा मानिसको मृत्यु हुने अवस्थाको अन्त्यका लागि पूर्वउद्योगमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य जोशीको अभियान भएकाले परिवारले त्यही अभियानलाई निरन्तरता दिएको हो ।

जोशीले आफ्ना पिता गजेन्द्रराज जोशीको नाममा गरिब, दुःखीको उपचारका लागि वीर अस्पतालमा १० लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरेका छन् ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  २ : ०७ बजे

काराबाओ कप : सेमिफाइनलमा आर्सन र चेल्सीको भिडन्त

काठमाडौं – काराबाओ कपको सेमिफाइनलमा अर्सनल र चेल्सीले प्रतिस्पर्धा गर्ने

लिवियाली दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो

टर्की – लिबियाको सशस्त्र बलका प्रमुख र उनका चार सहयोगीसहित

निर्वाचन ७० दिन बाँकीः तयार भयो निर्वाचन आचारसंहिताको मस्यौदा

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता–२०८२ को मस्यौदा सल्लाह सुझावका

आज ‘क्रिसमस डे’ मनाइँदै

काठमाडौं – क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा आज

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर