ओलीले पार्टी र सरकार मनपरी ढंगले चलाए : झलनाथ खनाल « Khabarhub

ओलीले पार्टी र सरकार मनपरी ढंगले चलाए : झलनाथ खनाल


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले सरकार र पार्टीलाई केपी ओलीले मनपरी ढंगले चलाउन खोजेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौँमा युवा संघको प्रथम पूर्ण बैठक र सपथ ग्रहण कार्यक्रममा खनालले एमाले र माओवादीलाई पूर्ववत दलको रुपमा फर्काउने सर्वोच्चको आदेशपछि ओलीले मनपरी ढंगले पार्टी र सरकार चलाउन खोजेको आरोप लगाए ।

विभिन्न पदाधिकारीलाई हटाउने, महाधिवेशन कमिटी बनाउने र विधान संशोधन गर्ने ओलीको निर्णय आफुहरुलाई मान्य हुन नसक्ने उनले बताए ।

ओलीले मन्त्रिपरिषदसमेत एकलौटी ढंगले विस्तार गरेको गुटलाई प्रश्रय दिएको उनले बताए । खनालले ओली दक्षिणपन्थी प्रवृत्तिमा चलिरहेको आरोप समेत लगाए ।

उनले संसद विघटन गर्ने असंवैधानिक कदमले मुलुकमा अस्थिरता बढेको बताए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  २ : २६ बजे

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको

गोकर्ण जङ्गलको वनदेवीमा दर्शनार्थीको लाम

काठमाडौँ- वर्षमा एकपटक शारदीय नवरात्रमा मात्र सर्वसाधारण भक्तजनलाई पूजा, आराधना

सरकारलाई मिराजको आग्रह : ‘मध्यरात होइन, दशैँपछि दिउँसै गिरफ्तार गर्नू’

काठमाडौं- जेन-जी अगुवा मिराज ढुंगानाले आफूलाई मध्यरातमा नभई दशैँपछि दिउँसै