खेलाडीहरुको उपचारका लागि एन्फा र मेडिसिटी अस्पतालबीच सम्झौता « Khabarhub

खेलाडीहरुको उपचारका लागि एन्फा र मेडिसिटी अस्पतालबीच सम्झौता


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल मेडिसिटी अस्पताल र अखिल नेपाल फुटबल संघ (एन्फा) बीच द्वीपक्षीय सम्झौता भएको छ ।

खेलाडिहरुको स्वास्थ्यलाई ध्यानमा राखी दक्ष चिकित्सक, फिजियोथेरापिष्ट, र उच्चस्तरीय उपकरण सहितको स्पोर्टस् मेडिसिन सेवा प्रदान गर्न नेपाल मेडिसिटी अस्पतालले एन्फासंग सम्झौता गरेको हो ।

सम्झौताअनुसार नेपाल मेडिसिटी अस्पतालले एन्फासँगको सहकार्यमा खेलाडीहरुको सुःस्वास्थ्य, तथा आरोग्यमा विशेष ध्यान पुर्‍याई उनीहरुलाइ राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलका लागि अब्बल बनाउने अभियानमा नेपाल मेडिसिटी अस्पतालको स्पोर्टस् मेडिसिन विभागले सहयोग गर्नेछ ।

खेल कार्यक्रमहरुमा आकस्मिक तथा प्रारम्भिक स्वास्थ्य उपचारको सारथीका रुपमा अस्पतालले सक्रिय भूमिका निभाउने छ । साथै, अस्पतालले खेलाडीहरुलाई उपचारका क्रममा क्यासलेस सेवा समेत प्रदान गर्नेछ ।

सम्झौता पत्रमा एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र नेपाल मेडिसिटी अस्पतालका महाप्रबन्धक विजय रिमालले हसताक्षर गरेका हुन् । सम्झौता कार्यक्रममा एन्फा महासचिव इन्द्रमान तुलाधर र नेपाल मेडिसिडी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट तथा वरिष्ठ हाडजार्नी विशेषज्ञ डा. राज राणा , फिजियोथेरापीष्ट जयराम महर्जन, मार्केटिङ विभागका नविन बज्रचार्य उपस्थित रहेका थिए ।

त्यस्तै, नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले स्वदैशमै सम्पूर्ण उपचार उपलब्ध गराउने उद्देश्य राखेको अस्पतालले राष्ट्रका गहना मानिने खेलाडीहरुलाई स्वास्थ्य सेवा प्रदान गर्न पाएकोमा गौरवान्वित भएको प्रतिक्रिया दिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : ४८ बजे

हराउँदै हो त सुकुल भोज ?

भक्तपुर– नेवार समुदाय चाडपर्व, जात्रा र मौलिक परम्पराले जति सम्पन्न

प्रयोगविहीन जमिनमा सुन्तलाखेती विस्तार गर्दै भोजपुरका किसान

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका–५ खावाका किसान व्यावसायिक सुन्तला खेतीतर्फ आकर्षित

माङसेबुङमा उद्यान सहित राष्ट्रिय विभूति फाल्गुनन्दको सालिक राखिने

इलाम– इलामको माङसेबुङ गाउँपालिकाले राष्ट्रिय विभूति फाल्गुनन्द लिङदेनको सालिक राख्ने

ऋषिपञ्चमी : ऋषेश्वर महादेव मन्दिरमा भीड (तस्बिरहरू)

काठमाडौं– ऋषिपञ्चमी पर्वका अवसरमा आज काठमाडौंको टेकुस्थित ऋषेश्वर महादेव मन्दिरमा ब्रतालु

नेपाल र माइक्रोनेसियाबीच कूटनीतिक सम्बन्ध स्थापना

काठमाडौं– नेपाल र माइक्रोनेसियाको सङ्घीय राज्यबीच आज कूटनीतिक सम्बन्ध स्थापना