नयाँ भर्ना हुन आउने विद्यार्थीहरूका लागि ब्रिटिस कलेजद्वारा ओरिन्टेसन कार्यक्रम | Khabarhub Khabarhub

नयाँ भर्ना हुन आउने विद्यार्थीहरूका लागि ब्रिटिस कलेजद्वारा ओरिन्टेसन कार्यक्रम


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– थापाथलीस्थित ‘द ब्रिटिस कलेज’ले नयाँ भर्ना हुन आउने विद्यार्थीहरूको लागि ओरिन्टेसन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न उक्त कार्यक्रममा मार्च इन्टेकको लागि भर्ना भएका विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

लाजिम्पाटस्थित -याडिसन होटलमा सो कार्यक्रम आयोजना भएको हो । बीएस्सी (हन्स) कम्प्युटिङ, बीबीए तथा बीएचएममा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत गरिएको थियो ।

कोभिड– १९ को महामारीको कारण सन् २०२० मा धेरै कठिनाईहरु भोगेपनि कलेजले गुणस्तीय शिक्षा प्रदान गर्न कुनै कसर बाँकी राखेन । हाल नेपालमा कोरोना संक्रमितको संख्या कम हुँदै गइरहेको अवस्थामा कलेजले ओरिन्टिेसन कार्यक्रमको आयोजना गरेको हो ।

नेपालमा कोरोना संक्रमितको संख्या बढिरहेको बेलामा पनि कलेजले विद्यार्थीहरूलाई प्रभावकारी ढङ्गले अनलाइन शिक्षा प्रदान गर्दै आइरहेको छ ।

सो समयमा कलेजले अनलाइनबाट पाठ्यक्रमलाई अघि बढाउने मात्र नभइ बिभिन्न सेसनहरू, वेभिनार तथा ग्राजुयसन कार्यक्रमको पनि आयोजना गरेको थियो । कलेजका एशोसियट डिन अरुणलाल जोशीले आफ्नो स्वागत मन्तव्य राखेका थिए ।

उनले कोभिड– १९ को अवस्था अझै सामान्य नबनेकोले यो समयमा स्वास्थ्य सतर्कतामा विशेष ध्यानाकर्षण गराएका थिए । साथै, उनले यो अवस्थामा पनि गुणस्तरिय शिक्षा प्रदान गर्नमा कलेजद्वारा कुनै पनि सम्झौता नहूने प्रतिबद्धता स्वागत मन्तव्यमा गरे ।

कार्यक्रममा प्रोग्राम लिडर तथा विद्यार्थीहरुले नै प्रेरणादायी कुरा तथा विभिन्न सेसनहरुको आयोजना समेत भएको थियो । विद्यार्थीहरुले भने ब्रिटिस कलेजको विद्यार्थी भइसकेपछिको अनुभव तथा आगामी दिनमा हुने अपेक्षाको बारेमा बताएका थिए ।

औपचारिक कार्यक्रमको समापन बिबिए प्रोगाम लिडर सौरभ सत्यालले गरेका थिए ।

कलेजमा हाल विद्यार्थीहरुको भौतिक उपस्थिति तथा अनलाइनबाट कक्षा लिइरहेको छ । एड्मिसन तथा मार्केटिङ विभागका प्रमुख अमरदिप मण्डलले हाल बिबिए, बिएचएम र बिएस्सी कप्युटिङको भर्ना कार्यक्रम अझै चलिरहेको जानकारी दिए । उनले भौतिक उपस्थितिमा कक्षा लिइए पनि कलेजको हातामा अनिवार्य मापदण्ड अपनाउनुपर्ने व्यवस्था मिलाइएको जानकारी दिए ।

हालको अवस्थामा दैनिक रुपमा नयाँ संक्रमितको संख्या कम हुँदै गए पनि सरकारले तय गरेको मापदण्डलाई लागू गर्दै सुरक्षित तरिकाले ओरिन्टेसन कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा सहभागीहरु सबैले मास्कदेखि स्यानिटाइजर सम्मका सबै प्रविधिहरू प्रयोग भएका थिए । त्यसैगरी कार्यक्रम स्थलमा पनि भौतिक दूरी कायम गरिएको थियो ।

 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १ : ०० बजे

कांग्रेस बैठकमा मुख्यमन्त्री पाण्डेले भने- फागुन २१ मै चुनाव हुने संकेत छ, हामीले ‘हुँदैन’ भन्नु ठिक होइन

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र

पीसीएल नर्सिङ लाइसेन्स परीक्षाको नतिजा कमजोर, जम्मा १७ प्रतिशत उत्तीर्ण 

काठमाडौं– प्रविणता प्रमाणपत्र तह (पीसीएल) नर्सिङको लाइसेन्स परीक्षाको नतिजा एकदमै

नेपाली कम्युनिष्ट पार्टीको सम्मेलनबाट नौबुँदे प्रस्ताव पारित

काठमाडौं– नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न वामपन्थी

जाँचबुझ आयोगविरुद्ध दायर रिटमा कारण देखाउ आदेश

काठमाडौं– सर्वोच्च अदालतले गत भदौ २३ र २४ को घटनासम्बन्धी

नेपाली कम्युनिष्ट पार्टीको संयोजकमा प्रचण्ड र सह-संयोजकमा नेपाल चयन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी