सेनाद्वारा बाँकेमा २ नाल बन्दुकसहितका सामग्री बरामद « Khabarhub

सेनाद्वारा बाँकेमा २ नाल बन्दुकसहितका सामग्री बरामद


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके– नेपाली सेनाले बाँकेको राप्ती सोनारी गाँउपालिका वडा नं.९ स्थित कोर ईलाका खैरी गोठ क्षेत्रबाट हतियारसहितका सामग्री बरामद गरेको छ ।

बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा राखिएको स्पाई क्यामरामा हतियारसहित केही व्यक्तिहरुको हर्कत गरेको देखिएपछि ‘अपरेशन महाहण्ट ७’ मा खटिएको सेनाको टोली र निकुञ्ज कार्यालयका कर्मचारीको टोलीले उक्त सामग्री बरामद गरेको नेपाली सेनाले जनाएको छ ।

सेनाकाअनुसार भरुवा बन्दुक २ नाल, बारुद ४०० ग्राम, केप १४ थान, शिकार गरिएको मासु लगायत शिकारमा प्रयोग हुने अन्य बन्दोवस्तीका सामानहरु बरामद भएको छ ।

घटनामा संलग्न भई फरार व्यक्तिहरुको खोजी जारी रहेको सेनाले छ ।

 

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  ५ : ३४ बजे

समस्याग्रस्त ४ सहकारीका २२३ जनाले पाए रकम

काठमाडौं– समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले ४ समस्याग्रस्त सहकारीको २२३ जनाको

काठमाडौंको यातायात गुरुयोजना : मास ट्रान्सिट र सुरुङमार्गमा जोड

काठमाडौं– नेपाल सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालय र जापानी अन्तर्राष्ट्रिय

तोलामा एक हजार ५०० बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको

फ्लाईदुबई उडान घटनामा इरान जोडिए कडा कारबाही गर्ने ट्रम्पको चेतावनी

एजेन्सी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुबईबाट तेल अभिभतर्फ उडेको फ्लाईदुबईको

विपद् व्यवस्थापन र पुनःस्थापनाका लागि पूर्वाधार मन्त्रालयले बनायो ८ कार्यदल

काठमाडौं – पूर्वाधार विकास मन्त्रालयले विपद्पछिको आपतकालीन पुनःस्थापना, राहत तथा