पार्टीभित्रका चुनाैती सामना गर्न प्रवासी नेपाली मञ्चलाई महासचिव पोखरेलको आग्रह « Khabarhub

पार्टीभित्रका चुनाैती सामना गर्न प्रवासी नेपाली मञ्चलाई महासचिव पोखरेलको आग्रह


८ चैत्र २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा (एमाले)का महासचिव ईश्वर पोखरेलले कम्युनिस्ट आन्दोलनमाथिका चुनौतीहरूलाई परास्त गर्दै उत्साहका साथ अघि बढ्न प्रवास सम्बद्ध कार्यकर्तालाई आह्वान गरेका छन् ।

आइतबार पार्टी सम्बद्ध प्रवासी नेपाली मञ्चको भेलालाई सम्बोधन उपप्रधानमन्त्री पोखरेलले भने, “हामी सजिलै यहाँसम्म आइपुगेका होइनौँ, कम्युनिस्ट आन्दोलनभित्र अनेकन घात/प्रतिघात, टुटफुटको शृङ्खला व्यहोर्दै आएका हौँ, ती सबैबाट शिक्षा लिएका पनि छौँ ।”

उनले भेलामा पार्टीका पछिल्ला निर्णयबारे अवगत गराउँदै विगतको कतिपय सन्दर्भलाई बिर्सेर ठूलो छाती बनाएर सङ्गठित र एकताबद्ध गर्ने अभियानमा लाग्न प्रवास सम्बद्ध सबैलाई आह्वान गरे ।

भेलामा विभिन्न देशका २६६ जना प्रवासी नेपाली मञ्चका अगुवा नेता कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रवासी नेपाली मञ्च अमेरिकाका अध्यक्ष प्रभु थापाको अध्यक्षता सम्पन्न भएको भेलामा प्रवासी नेपाली मञ्च हङकङका अध्यक्ष भक्त गुरुङले स्वागत र बेलायतका अध्यक्ष भक्त गुरुङले सञ्चालन गरेका थिए ।

प्रकाशित मिति : ८ चैत्र २०७७, आइतबार  १० : ०४ बजे

बजारको पहुँच किसानलाई समस्या 

भोजपुर– भोजपुरका ग्रामीण क्षेत्रमा उत्पादन भएको दूध बजारसम्म पुर्‍याउन समस्या भइरहेको

उपराष्ट्रपति यादवबाट क्रिसमस पर्वको शुभकामना 

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले क्रिसमस पर्व (क्रिसमस डे)– २०२५ को

त्रिभुवन विश्वविद्यालयले आज ५१औँ दीक्षान्त समारोह गर्दै

कीर्तिपुर– त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५१औँ दीक्षान्त समारोह गर्दैछ

१४ वर्षीय सूर्यवंशीले ३६ बलमै बनाए शतकको रेकर्ड

काठमाडौं – भारतका १४ वर्षीय जादुमयी ब्याटर वैभव सूर्यवंशीले ३९

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल