महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग « Khabarhub

महात्मा गान्धीको एक प्रेरक प्रसङ्ग


८ बैशाख २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लन्डनमा गान्धीलाई उनका एक पादरी मित्रले आइतबारको दिन आफूकहाँ भोजन गर्न बोलाए । उनले गान्धीका लागि शाकाहारी भोजनको व्यवस्था गरेका थिए । उनका बच्चाहरुले गान्धीसँग सोधे— तपाइँ मासु किन खानुहुन्न ?

सबै जीवमा प्राण छ । यदि हामीलाई कसैले मारेर खायो भने कस्तो लाग्नेछ ?

बच्चाहरुले आफ्ना पादरीसँग भने— ड्याडी हामीलाई त गान्धीजीको धर्म धेरै राम्रो लाग्यो । हामी त्यसलाई नै अपनाउने छौँ ।

बच्चाका कुरा सुनेर पादरीलाई तलको जमिन खस्किएझैँ अनुभव भयो ।

उनले गान्धीसँग भने— आजदेखि म आफ्नो निमन्त्रणा फिर्ता लिन्छु । म त तपाइँलाई इसाई बनाउने उद्देश्यले मित्रता गाँसिरहेको थिएँ । तपाइँले उल्टै मेरो परिवारलाई आफूतिर तान्नुभयो ।

वस्तुतः जीवनमा विचारभन्दा अधिक आचारको प्रभाव पर्छ ।

साभार : विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरुपुस्तकबाट

प्रकाशित मिति : ८ बैशाख २०७८, बुधबार  ७ : ३० बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु