कोरोनाविरुद्ध लड्न भारतलाई ४० देशको सहयोग « Khabarhub

कोरोनाविरुद्ध लड्न भारतलाई ४० देशको सहयोग


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कोरोना भाइरसको महामारीविरुद्ध लड्न भारतलाई अहिलेसम्म ४० देशले विभिन्न प्रकारका सहयोग गरेका छन् ।

महामारीबाट अति नराम्रोसँग प्रभावित भएको भारतलाई ती देशहरूले कोरोना भाइरसको महामारीविरुद्ध जुध्न आवश्यक पर्ने सामग्रीहरू, उपकरण तथा औषधि पठाएका हुन् ।

सहयोग गर्ने देशहरूमा अमेरिका, रुस, बेलायत, फ्रान्स, जर्मनी, जापानलगायत रहेको पनि विदेश मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन् ।

ती सहयोग सामग्रीहरू भारतीय रेडक्रस सोसाइटीमार्फत् भारत सरकारलाई उपलब्ध गराइएको भारतको विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

भारतमा अहिले फैलिएको दोस्रो चरणको महामारीका कारण दैनिक हजारौँको मृत्यु हुने गरेको छ भने लाखौं सङ्क्रमित हुने गरेका छन् ।

भारतमा बिहीबार मात्रै दुई लाख ७६ हजार ११० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै भारतमा कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ५७ लाख ७२ हजार ४४० पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १२ : ५५ बजे

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो