श्रीलंकामा मे अन्त्यसम्म विदेशी नागरिकलाई प्रवेश निषेध « Khabarhub

श्रीलंकामा मे अन्त्यसम्म विदेशी नागरिकलाई प्रवेश निषेध


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रीलङ्काले १० दिनका लागि विदेशी यात्रुहरूको प्रवेशमा रोक लगाएको छ । मुलुकले कोभिड–१९ को सङ्क्रमण वृद्धिलाई रोक्न तथा नियन्त्रण गर्ने प्रयासस्वरूप विदेशी यात्रुलाई प्रवेश गर्नमा रोक लगाएको नागरिक उड्डयन प्राधिकरणले बिहीबार जानकारी गराएको छ ।

प्राधिकरणको विज्ञीप्तमा भनिएको छ, “कोभिड–१९ कारण देशको स्थिति नियन्त्रण गर्न श्रीलङ्काका सबै अन्तर्राष्ट्रिय विमानस्थलहरूले २१ मे को ११ : ५९ मिनेटपछि ३१ मे सम्म कुनै पनि विदेशी यात्रुलाई ओसारपसार गर्न दिने छैनन् ।”

यद्यपि यदि कुनै मुलुकको विमान श्रीलंकाको एयरपोर्टबाट अवतरणको १२ घण्टा भित्र उडान गर्नेगरी प्रयोग गर्न चाहेमा यात्रुहरूको ट्रान्जिटका लागि भने उक्त देशका विमानस्थल खुला रहनेछन् । यसबाहेक श्रीलङ्काबाट अन्तर्राष्ट्रिय उडानहरू भर्न तथा कार्गो र मानवीय सहयोगका लागि आउने विमानहरूको आगमनलाई पनि अनुमति दिइएको छ ।

श्रीलंका कोभिड–१९ महामारीको तेस्रो लहरको सामना गरिरहेको छ । श्रीलं‌कामा हालसम्म एक लाख ५१ हजार व्यक्ति सङ्क्रमित भएका छन् । जसमध्ये एक हजार ५१ जनाको मृत्यु भइसकेको छ ।

बुधवार श्रीलङ्कामा अहिलेसम्मकै सबैभन्दा बढी तीन हजार ६२३ व्यक्तिमा सङ्क्रमण पुष्टि भएपछि सरकारले यो कदम चालेको हो । (रासस/एएनआई)

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १ : ३२ बजे

सरकारी संवाद समितिको टोली दलहरूको कार्यालयमा

काठमाडौं– नेपाल सरकारको उच्चस्तरीय संवाद समितिको टोलीले निर्वाचनको वातावरण बनाउन

चीनमा एसयूभी कार दुर्घटना, आठ जनाको मृत्यु

एजेन्सी – दक्षिणपूर्वी चीनमा एउटा एसयूभी कारको चालकले नियन्त्रण गुमाएर

केन्द्रीय कारागारबाट भागेका दुई कैदी पर्साबाट पक्राउ

वीरगञ्ज– पर्सा प्रहरीले जेन-जी आन्दोलनको क्रममा केन्द्रीय कारागारबाट फरार भएका

पूर्वराष्ट्रपति भण्डारीले भेटिन् झलनाथ खनालकी पत्नी चित्रकारलाई

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वप्रधानमन्त्री झलनाथ खनालकी श्रीमती प्राध्यापक रवि

‘अवतार ३’ मा गोविन्दाको हलिउड डेब्यु वास्तविकता के ?

काठमाडौं– हलिउड साइन्स फिक्सन फिल्म ‘अवतार: फायर एन्ड एस’ सँग