भारतमा कोरोना संक्रमण दर घट्दो, २४ घण्टामा २ लाख ५९ हजार संक्रमित थपिए « Khabarhub

भारतमा कोरोना संक्रमण दर घट्दो, २४ घण्टामा २ लाख ५९ हजार संक्रमित थपिए


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोना भाइरसको संक्रमण दर पछिल्लो केही दिन यता घट्दो क्रममा रहेको छ ।

कोरोना संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २०९ जनाको मृत्यु भएको छ भने सोही अवधिमा २ लाख ५९ हजार २६९ जना नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म भारतमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ९१ हजार ३६५ पुगेको छ । भारतमा हालसम्म कुल संक्रमितको संख्या २ करोड ६० लाख ३० हजार नाघेको छ । भारतमा अहिले पनि ३० लाख ३३ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

हिजो भारतमा  २ लाख ७६ हजार २ सय ६१ जना संक्रमित र ३ हजार ८ सय ८० जनाको मृत्यु भएको थियो ।

भारतपछि ब्राजिलमा संक्रमित र मृतकको संख्या सबैभन्दा धेरै छ । त्यहाँ २ हजार ५ सय २७ जनाको मृत्यु हुँदा ८३ हजार घ सय ६७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी अमेरिकामा थप ६ सय ३१ जनाको मृत्यु हुँदा २८ हजार ९ सय १८ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।

विश्वभर थप १२ हजार ४ सय १८ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । योसँगै कोभिडबाट विश्वभर मृत्यु हुनेको संख्या ३४ लाख ४३ हजार ८ सय ६ पुगेको वर्ल्डओमिटरको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ७ : ०५ बजे

आज अन्तर्राष्ट्रिय मानव अन्तरिक्ष उडान दिवस

काठमाडौँ– मानव सभ्यतामा अन्तरिक्ष युगको सुरुवातको स्मरण गर्दै आज अन्तर्राष्ट्रिय

केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङ मध्यरातमा भरतपुरमा : प्रहरी शिक्षालयको निरीक्षण

चितवन – गृहमन्त्री सुधन गुरुङ मध्यरातमा चितवनको भरतपुर पुगेका छन्।

इरान-अमेरिका शान्ति वार्ता लम्बियो : १५ घण्टाभन्दा बढी समयदेखि निरन्तर छलफल

इस्लामावाद – मध्यपूर्वमा जारी तनाव अन्त्य गर्ने उद्देश्यका साथ पाकिस्तानको

सञ्जु सामसनको सानदार शतकसँगै आईपीएलमा चेन्नईको पहिलो जित

काठमाडौँ- चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो