भारतमा कोरोना संक्रमण दर घट्दो, २४ घण्टामा २ लाख ५९ हजार संक्रमित थपिए « Khabarhub

भारतमा कोरोना संक्रमण दर घट्दो, २४ घण्टामा २ लाख ५९ हजार संक्रमित थपिए


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– भारतमा कोरोना भाइरसको संक्रमण दर पछिल्लो केही दिन यता घट्दो क्रममा रहेको छ ।

कोरोना संक्रमणका कारण भारतमा पछिल्लो २४ घण्टामा ४ हजार २०९ जनाको मृत्यु भएको छ भने सोही अवधिमा २ लाख ५९ हजार २६९ जना नयाँ संक्रमित थपिएका छन् ।

हालसम्म भारतमा कोरोनाले मृत्यु हुनेको संख्या २ लाख ९१ हजार ३६५ पुगेको छ । भारतमा हालसम्म कुल संक्रमितको संख्या २ करोड ६० लाख ३० हजार नाघेको छ । भारतमा अहिले पनि ३० लाख ३३ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।

हिजो भारतमा  २ लाख ७६ हजार २ सय ६१ जना संक्रमित र ३ हजार ८ सय ८० जनाको मृत्यु भएको थियो ।

भारतपछि ब्राजिलमा संक्रमित र मृतकको संख्या सबैभन्दा धेरै छ । त्यहाँ २ हजार ५ सय २७ जनाको मृत्यु हुँदा ८३ हजार घ सय ६७ जनाको मृत्यु भएको छ ।

त्यसैगरी अमेरिकामा थप ६ सय ३१ जनाको मृत्यु हुँदा २८ हजार ९ सय १८ जनाले कोभिडका कारण ज्यान गुमाएका छन् ।

विश्वभर थप १२ हजार ४ सय १८ जनाको कोभिड–१९ बाट मृत्यु भएको छ । योसँगै कोभिडबाट विश्वभर मृत्यु हुनेको संख्या ३४ लाख ४३ हजार ८ सय ६ पुगेको वर्ल्डओमिटरको तथ्याङ्कमा उल्लेख छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ७ : ०५ बजे

काठमाडौंमा मनाइयो ‘विश्व ध्यान दिवस’ (तस्बिरहरू)

काठमाडौं– संयुक्त राष्ट्रसंघको घोषणाअनुसार आज विभिन्न कार्यक्रमको आयोजना गरी ‘विश्व

कागती बिक्री नभएपछि रस र चुक बनाइँदै

स्याङ्जा– स्याङ्जामा उत्पादित कागती बिक्री नभएपछि किसानले विकल्पको खोजी गरेका

एसिया कप : भारतविरुद्ध सुरुमा ब्याटिङ गर्दै पाकिस्तान

काठमाडौं – यू–१९ एसिया कपको फाइनलमा पाकिस्तानले भारतविरुद्ध सुरुमा ब्याटिङ

किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य

बागलुङ– बागलुङका ग्रामीण क्षेत्र सुन्तलाले पहेँलै भएका छन् । किसानले

नोबेल मेडिकल कलेज भवनको पाँचौ तलाबाट खसेर डाक्टरको मृत्यु

काठमाडौं – विराटनगरको नोबेल मेडिकल कलेजको भवनबाट खसेर एक इन्टर्न