तातोपानी नाकाबाट दैनिक रुपमा अक्सिजन सिलिन्डर आयात गर्दै निजी क्षेत्र « Khabarhub

तातोपानी नाकाबाट दैनिक रुपमा अक्सिजन सिलिन्डर आयात गर्दै निजी क्षेत्र


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीन सरकारले अनुदानमा दिने भनिएको अक्सिजत सिलिन्डरलगायत स्वास्थ्य सामग्री पर्याप्त मात्रामा आउन ढिलाई भइरहेका बेला निजी क्षेत्रले भने तातोपानी नाका हुँदै दैनिक रुपमा अक्सिजन सिलिन्डर आयात गर्न थालेका छन् ।

सिल्क ट्रान्सपोर्ट कम्पनीका अध्यक्ष तथा व्यावसायी रमेश शेर्पाका अनुसार ब्यापारीहरुले व्यापारीका प्रयोजनका लागि दैनिक रुपमा सिलिन्डर आयात गर्न लागेका हुन् । अध्यक्ष शेर्पाले भने, ‘अहिले हामीले ब्यापारीको प्रयोजनका लागि दैनिक रुपमा अक्सिजन सिलिन्डरलगायत स्वास्थ्य सामाग्री आयात गरिरहेका छौं । बजारको माग र आवश्यक्ता अनुसार यो क्रम निरन्तर रहने छ ।’

नेपालमा कोभिड–१९ का बिरामी अत्यधिक बढेपछि चीनबाट नेपाली व्यापारीहरूले दैनिक अक्सिजन सिलिन्डर आयात गर्न थालेका हुन् ।तातोपानी भन्सार कार्यालयका प्रमुख नारदमणि गौतमका अनुसार चीनबाट बुधबार मात्र ४० लिटर क्षमताको ५६० थान अक्सिजन सिलिन्डर आयात भएको थियो । त्यसैगरी मङ्गलबार ४० लिटर क्षमताको ६८० थान अक्सिजन सिलिन्डर चीनबाट आयात भएको छ ।

पहिलो पटक चीनबाट सोमबार १० लिटर क्षमताको दुई हजार पाँच सय थान अक्सिजन सिलिन्डर चीनबाट तातोपानी भन्सार कार्यालयमा आयात भएको थियो । आयात भएका अक्सिजन सिलिन्डरलाई राजधानी पठाइसकिएको प्रमुख गौतमले बताए ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ८ : ४५ बजे

गायिका आशा भोसले अस्पताल भर्ना : इमर्जेन्सी युनिटमा उपचार हुँदै

मुम्बई- भारतीय सुगम संगीतकी शिखर व्यक्तित्व तथा प्रसिद्ध गायिका आशा

‘कर्णाली उत्सव : कुडा कर्नाली’ सुरु

कर्णाली– ‘कर्णाली उत्सव : कुडा कर्नाली’को सातौँ संस्करण शनिबारदेखि प्रदेश

छैटौँ कटारी गोल्डकप : सिक्किमलाई हराउँदै कटारीको विजयी सुरुवात

उदयपुर– कटारीमा शनिबारदेखि सुरु भएको छैटौँ कटारी अन्तर्राष्ट्रिय आमन्त्रित मेयर

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

काठमाडौँ– नियमित गस्तीमा रहेको प्रहरी टोलीले सर्लाहीको ब्रहम्पुरी गाउँपालिका–४ बाट

वासिङ्टनको नियतमाथि तेहरानको प्रश्न : इरानको अधिकार स्वीकार गर्न आग्रह

तेहरान – इरानले अमेरिकासँगको शान्ति वार्ताका क्रममा वासिङ्टनलाई ‘अनावश्य माग’