देशका केही स्थानमा वर्षाको सम्भावना « Khabarhub

देशका केही स्थानमा वर्षाको सम्भावना


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– आज देशभरको मौसममा आंशिकदेखि सामान्य बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

देशका केही स्थानहरुमा मेघगर्जन, चट्याङ्सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सुदूरपश्चिम र प्रदेश न १ का केही स्थानहरुमा मध्यमदेखि भारी वर्षाको पनि सम्भावना रहेको छ।

प्रदेश १ लगायत देशका बाँकी पहाडी भूभागमा शुक्रबार राति आंशिकदेखि सामान्य बदली र अन्य भूभागमा सामान्यतय सफा रहने महाशाखाले जनाएको छ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानहरुमा तथा कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ्सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ।

अहिले बिहान देशभर सामान्य बदली रहेको छ। देशका केही स्थानहरुमा राति वर्षा भएको छ ।

हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ र भारतको उत्तरप्रदेश आसपासमा रहेको चक्रवात ताउ-ते थप कमजोर भई न्युनचापीय क्षेत्रका रुपमा रहेको छ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ९ : ०४ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै