७६(५) अनुसार पनि ओली नै ! | Khabarhub Khabarhub

७६(५) अनुसार पनि ओली नै !


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार अपराह्न ५ बजेसम्ममा आफैँले दाबी गर्ने रणनीतिका साथ संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि राष्ट्रपतिबाट आह्वान गराएको संकेत देखिएको छ ।

नेकपा एमालेको मौजुदा सदस्य संख्यामा जनता समाजवादी पार्टी (जसपा) को ठाकुर–महतो पक्षले साथ दिँदा प्रधानमन्त्री ओलीले राष्ट्रपति समक्ष ‘प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्ने आधार’ प्रस्तुत गर्न सक्नेछन् ।

संविधान संशोधन गर्न कार्यदल बनाउने सहमति र नागरिकता सम्बन्धी ऐनमा अध्यादेश जारी गर्ने निर्णय धारा ७६(५) अनुसार ओली नै प्रधानमन्त्री नियुक्त हुने राणनीति अन्तर्गत रहेको स्रोतको भनाइ छ ।

स्रोतका अनुसार धारा ७६(३) अनुसार नियुक्त अल्पमतको सरकारका प्रधानमन्त्री ओलीलाई समर्थन गर्नुको साटो उनकै नेतृत्वमा गठबन्धन सरकार बनाउनु उचित हुने ठाकुर–महतो पक्षको निष्कर्ष छ । यसैअनुसार प्रधानमन्त्री ओली संविधान संशोधनका लागि कार्यदल बनाउन तयार भएका हुन् ।

संविधान संशोधन गर्न तयार हुने र अध्यादेशमार्फत नागरिकता ऐन संशोधन गर्ने ओलीको कदमबाट जसपाको ठाकुर–महतो पक्ष निकै उत्साहित भएको छ । यो पक्षको निष्कर्ष के छ भने पार्टीको मागअनुसार संविधान संशोधन हुने र नागरिकता ऐनमा अध्यादेश जारी हुने कुरामा जसपाका अर्का अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई पनि असहमत हुन सक्ने छैनन् ।

यस्तै, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रलाई पनि संविधान संशोधनको माग र प्रस्ताव अस्वीकार गर्न सहज हुनेछैन । यही निष्कर्षका साथ प्रधानमन्त्री ओली र ठाकुर–महतो पक्षले आपसी सहमतिमा गठबन्धन सरकार गठनको तयारी गरेका हुन् । आगामी ९ गते प्रतिनिधिसभाको अधिवेशन बोलाउने मन्त्रिपरिषदको निर्णय पनि यही विश्वासका आधारमा भएको स्रोतको भनाइ छ ।

जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले जसपाको समर्थन देखिने पत्रसहित अपराह्न ५ बज्नुभन्दा केही मिनेट अघि राष्ट्रपति समक्ष दाबी पेश गर्नेछन् र आजै धारा ७६(५) अनुसार नियुक्ति लिनेछन् ।

नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र जसपा अध्यक्ष महन्थ ठाकुरलाई प्रधानमन्त्री बनाउन तयार भएको अवस्थामात्रै ओली सत्ताबाट हट्न सक्नेछन् । जसपा आफ्ना नेतालाई प्रधानमन्त्री बनाउन तयार रहेकोले यो अवसर पनि ओलीले नै लिन सक्ने अनुमान पनि हुन थालेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  ९ : २६ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी