कोरोना भाइरस चीनको प्रयोगशालाबाटै बाहिरिएको हुनसक्ने अमेरिकी स्वास्थ्य अधिकारी वालेन्स्कीको दाबी « Khabarhub

कोरोना भाइरस चीनको प्रयोगशालाबाटै बाहिरिएको हुनसक्ने अमेरिकी स्वास्थ्य अधिकारी वालेन्स्कीको दाबी


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उत्पतिबारै अझै एकित तथ्य फेला परेको छैन ।

कोरोना संक्रमणले विश्व आक्रान्त भइरहँदा यो कसरी फैलियो भन्ने विषय रहस्यकै गर्भमा छ ।

यस विषयमा कसैले प्राकृतिक रुपमा भाइरसको विकास भएको दाबी गरेका छन् भने केहीले चीनको ल्याबमा कोरोना भाइरसको विकास गरिएको र त्यहीबाट चुहिएर फैलिएको हुनसक्ने बताएका छन् ।

डेली मेलमा प्रकाशित समाचार अनुसार अमेरिकी स्वास्थ्य अधिकारी डा रोशेल वालेन्स्कीले वुहान स्थित संक्रामक रोग सम्बन्धी अध्ययन गर्ने संस्थामै कोरोना भाइरसको उत्पति भएको र त्यहीबाट चुहावट भइ यो भाइरस फैलिएको  हुनसक्ने दाबी गरेकी छिन् ।

अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन (सीडीसी) की निर्देशक समेत रहेकी डा वालेन्स्कीले बुधबार संसदमा चीनको प्रयोगशालामा कोरोना भाइरस उत्पत्ति भएको हुन सक्ने सम्भावना भएको बताएकी हुन् ।

वालेन्स्कीले भनिन् ‘धेरै जसो भाइरस जनावरबाट मानिसमा सर्ने गरेको पाइएको छ, कोरोना भाइरस प्रयोगशालाबाट चुहिएर मानवमा फैलिएको हुनसक्ने एक सम्भावना हो ।’

भाइरस प्रयोगशालबाट बाहिरिएको हुनसक्ने सम्भावनाहरूबारे उनले भनिन, ‘निश्चित रूपमा हामीलाई थाहा छ कि अधिकांश कोरोनाभाइरस उत्पत्तिबाट आएका छन्, जसले मानिसहरुलाई असर गरेको पाइएको छ । सार्स कोभ-१, मार्स सामान्यतया जनावरबाट आएका भाइरस हुन्।’

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका रिपब्लिकन सांसदहरूले पनि भाइरस वुहानको प्रयोगशालाबाट शुरू भएको हुन सक्ने परिस्थितिजन्य प्रमाण रहेको दाबी गरेका छन् ।

यद्यपि अमेरिकी सरकारले भने यो भाइरस प्रयोगशालाबाटै बाहिरिएको हो भन्ने अनुमानलाई कम गर्न खोजिरहेको छ ।- डेलीमेलबाट

यो पनि पढौँ

कोरोनाको उत्पति मानिसबाट भयो कि प्रकृतिबाट ? 

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १० : ०७ बजे

देशका अधिकांश स्थानमा वर्षा, शनिबारदेखि मौसममा सुधार हुने

काठमाडौं– देशका अधिकांश स्थानमा मेघगर्जनसहित वर्षा भएको छ ।   पश्चिमी

दसैँअघि नै सबै मुख्य सडक सञ्चालनमा ल्याउने तयारी

काठमाडौँ- चाडपर्व नजिकिँदै गर्दा बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक

इजरायली चुनावमा अक्टोबर ७ मुख्य मुद्दा

एजेन्सी–हमासले सन् २०२३ अक्टोबर ७ मा गरेको आक्रमणपछि पहिलोपटक चुनावको

राष्ट्रपतिसमक्ष दलित आयोगको वार्षिक प्रतिवेदन पेस

काठमाडौँ- राष्ट्रिय दलित आयोगले आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन राष्ट्रपति

कांग्रेस महाधिवेशनमा छ पत्रकारको उम्मेदवारी

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा पत्रकारिता पृष्ठभूमिका छ जनाले विभिन्न पदमा