कोरोना भाइरस चीनको प्रयोगशालाबाटै बाहिरिएको हुनसक्ने अमेरिकी स्वास्थ्य अधिकारी वालेन्स्कीको दाबी | Khabarhub Khabarhub

कोरोना भाइरस चीनको प्रयोगशालाबाटै बाहिरिएको हुनसक्ने अमेरिकी स्वास्थ्य अधिकारी वालेन्स्कीको दाबी


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको उत्पतिबारै अझै एकित तथ्य फेला परेको छैन ।

कोरोना संक्रमणले विश्व आक्रान्त भइरहँदा यो कसरी फैलियो भन्ने विषय रहस्यकै गर्भमा छ ।

यस विषयमा कसैले प्राकृतिक रुपमा भाइरसको विकास भएको दाबी गरेका छन् भने केहीले चीनको ल्याबमा कोरोना भाइरसको विकास गरिएको र त्यहीबाट चुहिएर फैलिएको हुनसक्ने बताएका छन् ।

डेली मेलमा प्रकाशित समाचार अनुसार अमेरिकी स्वास्थ्य अधिकारी डा रोशेल वालेन्स्कीले वुहान स्थित संक्रामक रोग सम्बन्धी अध्ययन गर्ने संस्थामै कोरोना भाइरसको उत्पति भएको र त्यहीबाट चुहावट भइ यो भाइरस फैलिएको  हुनसक्ने दाबी गरेकी छिन् ।

अमेरिकाको सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सन (सीडीसी) की निर्देशक समेत रहेकी डा वालेन्स्कीले बुधबार संसदमा चीनको प्रयोगशालामा कोरोना भाइरस उत्पत्ति भएको हुन सक्ने सम्भावना भएको बताएकी हुन् ।

वालेन्स्कीले भनिन् ‘धेरै जसो भाइरस जनावरबाट मानिसमा सर्ने गरेको पाइएको छ, कोरोना भाइरस प्रयोगशालाबाट चुहिएर मानवमा फैलिएको हुनसक्ने एक सम्भावना हो ।’

भाइरस प्रयोगशालबाट बाहिरिएको हुनसक्ने सम्भावनाहरूबारे उनले भनिन, ‘निश्चित रूपमा हामीलाई थाहा छ कि अधिकांश कोरोनाभाइरस उत्पत्तिबाट आएका छन्, जसले मानिसहरुलाई असर गरेको पाइएको छ । सार्स कोभ-१, मार्स सामान्यतया जनावरबाट आएका भाइरस हुन्।’

अमेरिकी संसद्को तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभ्सका रिपब्लिकन सांसदहरूले पनि भाइरस वुहानको प्रयोगशालाबाट शुरू भएको हुन सक्ने परिस्थितिजन्य प्रमाण रहेको दाबी गरेका छन् ।

यद्यपि अमेरिकी सरकारले भने यो भाइरस प्रयोगशालाबाटै बाहिरिएको हो भन्ने अनुमानलाई कम गर्न खोजिरहेको छ ।- डेलीमेलबाट

यो पनि पढौँ

कोरोनाको उत्पति मानिसबाट भयो कि प्रकृतिबाट ? 

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १० : ०७ बजे

‘बर्खा सुरु नहुँदै भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण आवश्यक’

काठमाडौं– कर्णाली प्रदेशका सरकारका मुख्यमन्त्री यामलाल कँडेलले जाजरकोट भूकम्पपीडितका लागि

सभामुखको कार्यकक्षमा प्रधानमन्त्रीसहित शीर्ष नेताहरूको बैठक

काठमाडौं- सभामुख देवराज घिमिरेको आह्वानमा अहिले सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल

तातो हावा ‘लू’ ले जनजीवन कष्टकर

खजुरा– अत्यधिक गर्मी र तातो हावा ‘लू’का कारण बाँकेको जनजीवन

बालुवाटारबाट फर्किए उपेन्द्र, बालकुमारीमा नयाँ रणनीति बनाउँदै

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादव प्रधानमन्त्री

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको रहेको छ ।