संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन– प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन– प्रधानमन्त्री ओली

'५ बजेसम्मको समय छ, वैकल्पिक सरकार दिनूहोस्'


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले संसद छलेर सरकार गठन गर्न नचाहेको बताएका छन् ।

सम्पादकहरुको अन्तक्रियामा उनले एकवर्षदेखि प्रधानमन्त्री हटाउने अस्वस्थ खेल मात्र भइरहेको बताए ।

प्रधानमन्त्रीले बजेटको चाप र विश्वासको मत नपाउने भएर नयाँ सरकार गठन गर्न आह्रवान गरेको बताए ।

उनले भने,‘संसद छलेर सरकार कब्जा गर्न खोजिएको होइन,बजेटको चाप र विश्वासको मत नपाउने भएर हो ।’

प्रधानमन्त्रीले भने, ‘राष्ट्रपतिबाट भएको आह्वानको कृतिम नाटकीय व्याख्या भएको पाइयो । मानिलिउँ यो अचानक नयाँ कुरा आइपुग्यो जस्तो गरियो ।’

उनले भने, ‘प्रधानमन्त्रीलाई पदबाट हटाउनेमात्रै उद्देश्य छ । कुनै विकास निर्माणका काममा होइन । आफू सरकारमा पुग्ने इच्छामात्रै छ । यस्तो अवस्थामा सरकार चलाउन सक्ने अवस्था रहेन । सरकार ढाल्ने र नयाँ बनाउने असफल प्रयासकै वरिपरी रहिरह्यो ।’

प्रधानमन्त्रीले संसदीय प्रक्रियामा गएपनि विश्वासको मत प्राप्त गर्न सक्ने अवस्था नरहेकाले मार्ग प्रशस्त गरिदिएको दाबी गरेका छन्।

उनले विश्वासको मतको कर्मकाण्ड पूरा गर्न समय लाग्ने भएकाले आफैले मार्गप्रशस्त गरिदिएको बताए। उनले बजेटको चाप र विश्वासको मत नपाउने अबस्था रहेकाले मार्ग प्रशस्त गर्दै सरकार गठन गर्न बिकल्प दिएको दाबी गरे।

उनले आफ्नै पार्टीका संसदहरुले आफुलाई मत नदिएर लोकतन्त्रिक प्रणालीकै हुर्मत लिइएको बताए। उनले बैकल्पिक सरकार बन्ने हो भन्ने तत्कालै बनाउनुपर्ने बताए।

उनले आज दिनभर दलहरु मिली सरकार बनाएपनि या बैकल्पिक सरकार बनाए आफ्नो रचनात्मक सहयोग रहने बताए। उनले आफु र आफ्नो दल किचकिच नगरी बिकल्पको सरकारलाई सहयोगी भावनाका साथ सहयोग गर्ने बताए।

उनले कोभिड बिरुद्ध लड्न सबैलाई सरकारमा सहभागी बन्न आह्वान गरे। आफुले बिहानै कांग्रेस सभापति शेरबहादुर देउवालाई टेलिफोन गरी या त बिपक्षीले सरकार बनाउन या आफ्नो नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बनाउन आग्रह गरेको बताए। उनले राष्ट्रिय राजनीतिलाई बिभाजन नगरी बिकल्प दिन समेत देउवलाई आग्रह गरेको बताए।

उनले आफुले मार्गप्रशस्त गरिदिँदा संविधान उल्लंघन नभएको बताए ।

राष्ट्रपतिलाई महाअभियोग लगाउने भनाइ र कुण्ठा नराख्न आग्रह गर्दै ओलीले प्रधानमन्त्रीको बिकल्प खोज्न आग्रह गरे।

उनले राष्ट्रपतिको बिरोध गणतन्त्रकै बिरोध भएको बताए। राष्ट्रपतिको हुर्मत लिने, अपमान गर्ने, पदीय गरिमा घटाउने काम नगर्न भन्दै उनले आफूले गरेको कामको जवाफदेही आफैँ रहेको बताए।

बैकल्पिक सरकार बनाउँन मार्ग प्रशस्त गर्दा आवेश र उत्तेजनामा जानु नपर्ने ओलीको भनाइ छ। प्रधानमन्त्री ओलीले अहिलेका सरकार बिरोधीलाई एकजुट भएर आफ्नो सरकार बिस्थापित गर्ने बोटो खोज्न समेत चुनौति दिए।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १ : १४ बजे

बङ्गलादेशका पूर्व प्रधानमन्त्री हसिनाको गृहनगरमा झडप, २० जना पक्राउ

गोपालगञ्ज – अपदस्थ प्रधानमन्त्री शेख हसिनाका समर्थक र सुरक्षाकर्मीबीच भएको

भरतपुरमा ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

भरतपुर – चितवनमा ट्र्याक्टरको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको

मुस्ताङ आउने पर्यटक ५५ दशमलव ३ प्रतिशतले बढे

मुस्ताङ – उत्तर–दक्षिण जोड्ने राष्ट्रिय गौरवको (बेनी–जोमसोम–कोरला) सडक बनेपछि मुस्ताङमा

मुस्ताङमा साइकल ट्रेल

मुस्ताङ – मुस्ताङको घरपझोङ–४ जोमसोमदेखि बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङसम्म साइकल ट्रेल

एमाले सचिवालय बैठक सात घण्टादेखि जारी

काठमाडौं – नेकपा एमालेको सचिवालय बैठक केन्द्रीय कार्यालय च्यासलमा जारी