महन्थ ठाकुर भन्छन् : प्रधानमन्त्री ओलीको विरुद्धमा जाँदैनौँ « Khabarhub

महन्थ ठाकुर भन्छन् : प्रधानमन्त्री ओलीको विरुद्धमा जाँदैनौँ


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले कांग्रेस–माओवादी गठबन्धनमा नजाने स्पष्ट पारेका छन् । साथै उनले आफूहरु प्रधानमन्त्री केपी शर्मा ओलीको विरुद्धमा जान नसक्ने पनि बताएका छन् ।

शुक्रबार सिंहदरबारमा बसेको आफ्नो पक्षका सांसदहरूसँगको बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले यस्तो बताएका हुन् ।

‘हामी त सुरुदेखि नै तटस्थ बस्दै आएका छौँ, अहिलेको पनि अवस्था त्यही छ, ओलीजीको विरोधमा छैनौँ,’ ठाकुरले भने ।

प्रधानमन्त्री ओलीसँग जसपाको माग मुद्धा बारेमा भएको छलफलबारे जानकारी गराएको बताउँदै उनले आफूहरु प्रधानमन्त्री ओलीको विरुद्धमा नजाने निर्णयमा पुगेको बताए । ‘मैले ‘होस्टायल न्युट्रालिटी’को कुरा गरेको होइन ‘फ्रेन्डली न्यूट्रालिटी’को कुरा गरेको हुँ,’ उनले भने ।

यसअघि जनता समाजवादी पार्टीले प्रधानमन्त्री पदका लागि पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई अघि सारे पनि उनले अस्वीकार गरेका थिए । पार्टीका अर्का अध्यक्ष उपेन्द्र यादव र नेता डा. बाबुराम भट्टराईले ठाकुरलाई समर्थन गरेका थिए ।

तर, प्रधानमन्त्री बन्ने सम्भावनाको चर्चा भए पनि ठाकुर आफैले यसप्रति इच्छा देखाएका छैनन् । शुक्रबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले बाहिर चर्चा भए पनि आफूलाई कुनै प्रस्ताव नआएको बताएका थिए । जसपाका अध्यक्ष ठाकुर र नेता राजेन्द्र महतो प्रधानमन्त्री ओली नजिक देखिएका छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  १ : २९ बजे

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य

कि संघीयता राख्नुभएन, कि पार्टीलाई ‘फेडेरलाइज’ गर्नुपर्‍यो

संवैधानिकतामा फर्किनका लागि निर्वाचन, त्यसभन्दा अरु बढी भन्ने अवस्था छैन,

दलित समुदायबारे आफूले नबोलेको विषय प्रचार गरिएको भन्दै लिङ्देनको आपत्ति

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आफूले

मधेस प्रदेशमा १८ गते सार्वजनिक बिदा

जनकपुर– मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक

लुटपाट गर्न घरमै वृद्धाको हत्या, ५ जना समातिए

काठमाडौं– चितवनमा एक महिलाको बीभत्स हत्या गरेको अभियोगमा चितवन प्रहरीले