न्यूड तस्वीरले घरमै बन्धक « Khabarhub

न्यूड तस्वीरले घरमै बन्धक


७ जेठ २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई–बलिउड अभिनेत्री राधिका आप्टे आफ्नो भनाई सार्वजनिक रुपमा राख्न पोख्त छिन् । हालै एक अन्तरवार्तामा उनले आफ्नो कथित न्यूड भिडियोको बारेमा आफ्नो धारणा सार्वजनिक गरेकी छन् ।

एबीपी लाइभका अनुसार फिल्म ‘पार्चड’मा उनले एक न्यूड दृश्य दिएकी थिइन् । यो भिडियोलाई लिएर निकै ट्रोल पनि बनेको थियो । तर राधिकाले आफू उक्त भिडियोमा नदेखिएको दाबी गरेकी छन् ।

राधिकाले लीना यादवको सन् २०१६ को फिल्म ‘पार्चड’मा एक यौनकर्मीको भूमिका निभाएकी थिइन् र उनको भूमिकालाई दर्शकले निकै मनपराएका थिए ।

‘जब क्लीन शेवको सुटिङका समयमा मेरो न्यूड क्लीप लिक भयो, त्यो बेला मलाई पूर्ण रुपमा ट्रोल बनाइयो । म यसबाट यति प्रभावित भए कि चारदिनसम्म घर बाहिर निस्कन सकिनँ । म घरमै बन्धक बने । मलाई मिडियाको भन्दा पनि मेरो ड्राइभर, चौकिदार र मेरो स्टाइलिस्टको ड्राइभरले मलाई तस्बिरबाट पहिचान गरिसकेका थिए’, उनले भनेकी छन् ।

उनले त्यो तस्वीर बेर–स्किनवाला सेल्फी रहेको र बौद्धिक व्यक्तिले त्यसका आफू नरहेको बुझ्न सक्ने बताएकी छन् । ‘जब मैले फिल्मका लागि कपडा उतारे, त्यो बेला मलाई थाहा थियो कि मसँग लाज छोप्न कुनै कपडा नै छैन’, उनले भनेकी छन् ।

प्रकाशित मिति : ७ जेठ २०७८, शुक्रबार  २ : १५ बजे

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई

चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल

ढोरपाटन– यतिबेला ढोरपाटनमा अत्यधिक चिसो बढेको छ । बिहानपख धारामा