पखाला लागेमा यसरी गर्न सकिन्छ घरेलु उपचार « Khabarhub

पखाला लागेमा यसरी गर्न सकिन्छ घरेलु उपचार


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

पाचन प्रक्रिया अव्यवस्थित हुँदा पेटसम्बन्धी रोगहरुको जन्म हुन्छ । पेटसम्बन्धी रोगहरुमा धेरै प्रकारका हुन्छन् जस्तै— अपच हुनु, कब्जियत हुनु, अमलपित्त, झाडापखाला आदि । घरमै उपलब्ध हुने औषधिहरुबाट पनि यस्ता रोगहरुलाई भगाउन सकिन्छ ।

घरेलु उपचार विधि

– जामुनको रुखको बोक्रा पातलो दिसा जाने समस्याका लागि निकै उपयोगी हुन्छ । बोक्राको धुलो १/१ चम्चाका दरले चिसो पानीमा मिलाई खानाले पातलो दिसा जाने समस्या निको हुन्छ ।

– बिल्वको फल अथवा रस सेवन गर्नु पातलो दिसाको लागि लाभदायक हुन्छ ।

– हरियो दुवोको रस अथवा दुध चिसो पानीमा मिलाई सेवन गर्नाले लाभदायक हुन्छ ।

– धेरै नै बढी मात्रामा पातलो दिसा गइरहेको छ भने लौकाको रस (पिरो नहाली) खाँदा धेरै फाइदा हुन्छ ।

– इमलीको घाँजीको धुलो पानीमा मिलाई बिहान बेलुका २/२ चम्चा खानाले पातलो दिसा जाने समस्या निको हुन्छ ।

– २ ग्राम पाखनवेद एक ग्लास दहीमा मिलाई खाँदा पातलो दिसालाई निको पार्दछ ।

– १ ग्लास निम्बुको रसमा आधा चम्चा मेथी मिलाई सेवन गर्नाले पातलो दिसा कम हुन्छ ।

– स्याउको दानाको बोक्रा छोडाई हल्का मात्रामा कालो मरिचको धुलो छर्की खानाले पातलो दिसालाई कम गराउँछ ।

– काँचो आँप, अनार, सौफ र धनिया बराबर मात्रामा पानीमा मिलाई खानाले पातलो दिसा निको हुन्छ ।

– आधा चम्चा फिटकिरी, १ ग्राम अफिमलाई पिसेर १ चम्चा ईसवगोला मिलाई सेवन गर्नाले पातलो दिसा कम हुन्छ ।

साभार : मेरो डाक्टरपुस्तकबाट

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  २ : १० बजे

दक्षिण एसियाली ब्याडमिन्टनमा नेपाली खेलाडी प्रिन्सलाई दोहोरो स्वर्ण

काठमाडौं – पाकिस्तानमा सम्पन्न ‘ब्याडमिन्टन एसिया-साउथ एसिया रिजनल च्याम्पियनसिप २०२६’को

निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन तथा

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको

पहिलो सहकार्यको फिल्म रिलिज नभइ अर्कोमा पुष्प-पूजाको जोडी पक्का

काठमाडौं – एक्सन जनारामा बन्न लागेको फिल्म ‘एक्का तीन’मा नायक

विश्वभर तनाव बढिरहँदा चीनमा भएको एउटा दुर्लभ भ्रमण

बेइजिङ- ताइवानकी मुख्य विपक्षी दल कुमिन्ताङ (केएमटी) का अध्यक्ष चेङ