युरोकपमा आज चार खेल, क-कसको भिडन्त ? | Khabarhub Khabarhub

युरोकपमा आज चार खेल, क-कसको भिडन्त ?


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  युरोकप फुटबलमा आज चार खेल हुँदैछन् ।

आज समूह ‘बी’ र समूह ‘सी’ का दुई-दुई खेल हुँदैछन् । समूह ‘सी’ मा रहेको नेदरल्यान्ड्सले नर्थ म्यासेडोनियासँग खेल्नेछ । दुई टिमबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।

नेदरल्यान्ड्स यस समूहबाट नकआउट चरणमा प्रवेश गरिसकेको छ । नर्थ म्यासेडोनियालाई हराएर नेदरल्यान्ड्स समूह विजेता बन्दै अन्तिम १६ मा पुग्न चाहन्छ । नर्थ म्यासेडोनिया अंकविहीन छ । म्यासेडोनिया नेदरल्याण्ड्सलाई हराएर सान्त्वना जित निकाल्न चाहन्छ ।

अर्को खेलमा युक्रेन र अष्ट्रिया भिड्ने छन् । युक्रेन र अष्ट्रियाबीचको खेल पनि ९:४५ बजे हुनेछ । आज दुबै टिम जित निकाल्दै नकआउट चरणमा पुग्न चाहन्छ । युक्रेन २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । अष्ट्रिया २ खेलमा ३ अंक जोडेर तेस्रो स्थानमा रहेको छ ।

आजै हुने अर्को खेलमा बेल्जियम र फिनल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । बेल्जियम र फिनल्याण्डबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

बेल्जियम यसअघि नै  नकआउट चरणमा पुगिसकेको छ । आज फिनल्याण्डलाई हराएर बेल्जियम समूह विजेता बन्न चाहन्छ । फिनल्याण्ड पनि बेल्जियमलाई हराएर अन्तिम १६ मा पुग्न चाहन्छ । फिनल्याण्ड २ खेलमा ३ अंक जोडेर समूहको तेस्रो स्थानमा रहेको छ ।

आजकै अर्को खेलमा रुसले डेनमार्कसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

रुस २ खेलमा ३ अंक जोडेर दोस्रो स्थानमा रहेको छ । रुस आज डेनमार्कलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । डेनमार्क अंक विहीन रहदै पुछारमा रहेको छ । डेनमार्कका लागि यो खेल प्रतिष्ठाको हुनेछ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ७ : १५ बजे

सिधाकुराको बाङ्गो प्रकरण : अनुसन्धानको जिम्मा रविलाई

काठमाडौं- न्युज २४ र ग्यालेक्सी फोरके टेलिभिजनमा काम गर्दा वर्तमान

आजका समाचार : श्रमिक दिवसदेखि टी-२० विश्वकप खेल्ने टोली घोषणासम्म

प्रधानमन्त्रीले भने : श्रमिक, मजदुरहरूको न्यूनतम् पारिश्रमिक बढाउँछौँ प्रधानमन्त्री पुष्पकमल

गाजामा युद्धविराम स्थायी हुनुपर्नेमा हमासका अधिकारीको जोड

प्यालेस्टिन – प्यालेस्टिनी लडाकू समूह हमासका एक अधिकारीले गाजाका लागि

इनार खन्ने क्रममा निसास्सिएर दुई जनाको मृत्यु

भक्तपुर– चाँगुनारायण नगरपालिक–४ खनालचोक सेतोमाइक्रो पार्क नजिकै इनार खन्ने क्रममा

विश्व बैंक समूहको आइडीए बैठक काठमाडौंमा हुने, अध्यक्ष बंगा आउने

काठमाडौं– विश्व बैंकको अन्तर्राष्ट्रिय विकास संघ (आइडीए) को २१औं बैठक