राइफलको गोली लागेर सेनाका जवान गम्भीर घाइते « Khabarhub

राइफलको गोली लागेर सेनाका जवान गम्भीर घाइते


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  आफैँले बोकेको राइफलको गोली लागेर वीरगञ्जमा नेपाली सेनाका जवान घाइते भएका छन्।

आइतबार राति साढे ८ बजे ड्युटीमै रहेका २२ वर्षीय श्यामबाबुप्रसाद चौहान आफैँले बोकेको राइफलको गोली लागेर घाइते भएका हुन् ।

उनको बायाँ चिउँडोको मुनि  र दाहिने आँखाको मुनि एन–१६ राइफलको गोली लागेको छ । गम्भीर घाइते उनको नेसनल मेडिकल कलेज वीरगञ्जमा उपचार भइरहेको छ ।

पोखरिया नगरपालिका वडा नम्बर-५ घर भएका चौहान आफैँले गोली हाने वा राइफल पड्कियो भन्नेबारे खुल्न सकेको छैन । घटनाको अनुसन्धान भइरहेको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  १० : ३९ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक शुक्रबार बस्ने

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक भोलि शुक्रबार बस्ने भएको

सौगातको ‘भाइरल गोर्खे‘ भारतमा प्रदर्शन गर्ने तयारी

काठमाडौं – नायक सौगात मल्ल शीर्ष भूमिकामा रहेको फिल्म ‘भाइरल

सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील

बरहथवा – आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका

ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार 

ललितपुर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि