एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि माओवादीबाट निष्कासित « Khabarhub

एमाले प्रवेश गरेका १४ जनप्रतिनिधि माओवादीबाट निष्कासित


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रले पार्टी त्यागेर एमाले प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिहरूलाई कारबाही गरेको छ ।

सोमबार बसेको पार्टीको आकस्मिक केन्द्रीय समिति बैठकले नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जना जनप्रतिनिधिलाई पार्टीबाट निष्कासन गरेको हो। निष्कासन गरिएको पत्र आजै निर्वाचन आयोगलाई बुझाउने माओवादी केन्द्रले जनाएको छ ।

यी हुन् निष्कासनमा पर्नेहरू

रौतहटको मौलापुर नगरपालिका प्रमुख रिना कुमारी साह,

रौतहटकै कटहरिया नगरपालिका प्रमुख सियाराम कुशवाहा,

देवाहीगोनाही नगरपालिका उपप्रमुख परिनया देवी,

मौलापुर नगरपालिका उपप्रमुख गौरीशंकरप्रसाद जयसवाल,

फतुवा विजयपुर नगरपालिका उपप्रमुख कान्ति देवी,

माधवनारायण नगरपालिका उपप्रमुख सिमल साह,

यमुनामाई गाउँपालिका उपाध्यक्ष गीतादेवी साह,

यस्तै सिरहाको लहान नगरपालिकाको कार्यपालिका सदस्य समतीलाल दास ताती,

ओखलढुंगाको चम्पादेवी गाउँपालिका–१ का वडाअध्यक्ष सुरेश कुमार थापा,

महोत्तरीको सम्सी गाउँपालिकाका अध्यक्ष शेष फरुक,

कैलालीको भजनी नगरपालिकाका उपप्रमुख छायाँ देवकोटा,

कैलालीकै गौरीगंगा नगरपालिका–४ की वडाध्यक्ष भागिरथी विष्ट,

गोदावरी नगरपालिका–१ का वडाध्यक्ष शर्मानन्द भट्ट र बर्दगोरिया नगरपालिका– ४ का वडाध्यक्ष पुरन विसीलाई कारबाही गरिएको माओवादी केन्द्रले जनाएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ३ : २० बजे

चितवनमा तीन हजार निर्वाचन प्रहरी खटिने

चितवन– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लामा

भारतमा निपाह भाइरसका दुई सङ्क्रमण, अवस्था नियन्त्रणमा

एजेन्सी – भारतका स्वास्थ्य अधिकारीहरूले पश्चिम बंगाल राज्यमा निपाह भाइरसका

भृकुटीमण्डपमा ‘काठमाडौं महोत्सव र बिजनेस एक्स्पो’

काठमाडौं– नेपाल उद्योग वाणिज्य संघ काठमाडौंको आयोजनामा बुधबारदेखि भृकुटीमण्डपमा ‘काठमाडौं

राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष यही माघ ११ गते सम्पन्न राष्ट्रियसभा

विप्लवलाई प्रचण्डको आग्रह : आत्मसमिक्षासहित आउनुहोस् बृहत एकता गराैँ

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले