नेप्सेमा आज पनि उच्च अङ्कको गिरावट, लगानीकर्ताले गुमाए ९८ अर्ब « Khabarhub

नेप्सेमा आज पनि उच्च अङ्कको गिरावट, लगानीकर्ताले गुमाए ९८ अर्ब


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेप्सेमा उच्च अङ्कको गिरावट आउँदा शेयर बजारका लगानीकर्ताले आज मात्रै झण्डै रु एक खर्ब बराबरको सम्पत्ति गुमाएका छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ७१.०६ बिन्दुले घटेर दुई हजार ८३४.४० मा झरेको छ ।

आइतबार रु ४० खर्ब ३६ अर्ब ३९ करोड बराबर रहेको कूल बजार पूँजीकरण आजको कारोवारपछि घटेर रु ३९ खर्ब ३७ अर्ब ६७ करोड ८१ लाखमा सीमित भएको छ । यस आधारमा आइतबारको तुलनामा आज मात्रै बजार पूँजीकरण रु ९८ अर्बले घटेको देखिन्छ ।

नेप्सेको विवरण अनुसार गत जेठ ३१ गते नेप्से परिसूचक तीन हजार बिन्दु माथि पुग्दा बजार पूँजीकरण हालसम्मकै सर्वाधिक रु ४२ खर्ब १६ अर्ब बराबर पुगेको थियो ।

सोमबार ठूला कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक समेत ८.३७ बिन्दुले घटेर ५२०.१८ मा ओर्लेको छ । कूल २२७ कम्पनीको दुई करोड २५ लाख २२ हजार ४९१ कित्ता शेयर रु ११ अर्ब ६१ करोड ९० लाख ३५ हजार ६७४ मा खरिद बिक्री भए ।

कारोवार भएका १३ वटै उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ ३४.२२, व्यापार २९.६३, होटल तथा पर्यटन १६५.८३, विकास बैंक २१०.२१, जलविद्युत् १५०.२४, वित्त १२०.२२, निर्जीवन बीमा ४२९.६३, उत्पादन १७१.१९, अन्य ५४.६४, लघुवित्त १०५, जीवन बीमा ४५१.११, सामूहिक लगानी कोष ०.२१ र लगानी ०.५२ अङ्कले घटेको छ ।
कारोवारका आधारमा आज नेपाल पुरनबीमा कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु एक अर्ब ३० करोड ६१ लाख १५ हजार ६१४ बराबरको कारोवार भएको छ ।

यस्तै, एचआइडिसिएल रु ३१ करोड सात लाख २३ हजार २२१, नागरिक लगानी कोष रु २९ करोड ६१ लाख ७९ हजार ९१३, नेशनल हाइड्रोपावर रु २८ करोड ४४ लाख ७३ हजार ७५० र हिमालयन डिस्टिलरी रु २४ करोड ८७ लाख ४६ हजार ९३० बराबरको कारोवार भई शीर्ष स्थानमा रहे ।

उच्च अङ्कले घटेको बजारमा नारायणी डेभलपमेन्ट बैंक ९.९७, एचआइडिसिएल ४.३३, एनबिबिएल डिवेञ्चर ३.६५, एसबिएल डिवेञ्चर दुई र नबिल बैंकको ऋणपत्र २०८२ का लगानीकर्ताले दुई प्रतिशतले कमाए । त्यस्तै, पोखरा फाइनान्स ९.२६, यूनिभर्सल पावर ९.१२, यूनियन हाइड्रोपावर ८.८१, हिमाल दोलखा हाइड्रोपावर ८.६२ र लिवर्टी इनर्जीका लगानीकर्ताले ८.५२ प्रतिशतले गुमाए ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ६ : ३९ बजे

छानबिन नसकिँदासम्म बसपार्कको जग्गामा दाबी नगर्न महानगरको आग्रह

कास्की – पोखरा महानगरपालिकाले पस्तावित पोखरा बसपार्कभित्रको जग्गाका बारेमा छानबिन

सभामुखसमक्ष बुझाइएको प्रतिवेदन कार्यान्वयनका लागि सचिवालयलाई निर्देशन

काठमाडौं – प्रतिनिधिसभामा गत जेठ १७ गते उत्पन्न परिस्थितिसम्बन्धी अध्ययनका

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै