सीमा समस्या समाधानका लागि परराष्ट्रमन्त्रीलाई मागपत्र « Khabarhub

सीमा समस्या समाधानका लागि परराष्ट्रमन्त्रीलाई मागपत्र


७ असार २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर- कञ्चनपुर जिल्लाको सीमा समस्या सामाधानका लागि अन्तर्राष्ट्रिय सीमा सरोकार समूहले आज उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री रघुवी महासेठलाई मागपत्र बुझाएको छ ।

मन्त्री महासेठलाई उनकै कार्यकक्षमा सीमा सरोकार समूहका पदाधिकारीले मागपत्र बुझाउँदै जिल्लाको सीमा समस्याको मुख्य कारकका रुपमा रहेको स्ट्रीप नक्शालाई नयाँ मुलुक नेपालमा गाभिएपछिको अंग्रेजका पालाको नक्सानुसार छानबिन गरी समस्या हल गर्नका लागि आग्रह गरिएका समूहका संयोजक पल्लवराज भट्टले बताए ।

“सीमाविन्दु यकिन गरी समस्याको दीर्घकालीन रुपमा समाधान गर्नका लागि माग गरेका छौंँ”, उनले भने, “गृह मन्त्रालयका प्रतिनिधि राखेर मागपत्र बुझ्दै उपप्रधानमन्त्री महासेठले नापी विभागलगायत सरोकार निकायसँग समन्वय गरी दश दिनभित्र भारतीय पक्षसँग कूटनीतिक तरवरबाट छलफल गरेर समस्या समाधान गरिने प्रतिबद्धता जनाउनुभएको छ ।”

भारतीय पक्षले बेलौरी नगरपालिका– ८ पचुँइ क्षेत्रमा एक हजार ३०० मिटर हुलाकी सडकखण्ड, भीमदत्त नगरपालिका–९ ब्रह्मदेवमा निर्माणाधीन कल्भर्ट र दोधारा चाँदनी नगरपालिकाका विभिन्न स्थानका सीमा क्षेत्रका नेपाली किसानलाई भोगचलनमा रहेको जग्गामा खेती गर्न पटकपटक अवरोध गर्दै आएकोसमेत मागपत्रमा उल्लेख छ ।

समूहले आजै सीमा समस्याका बारेमा नापी विभाग प्रमुख प्रकाश जोशी, नापी विभागका सीमा हेर्ने शाखाका प्रमुख दयानन्द जोशी, भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालयका उपसचिव जनकराज जोशीलगायतसँंग अनौपचारिक रुपमा छलफल गरिएको संयोजक भट्टले जानकारी गराए । सीमा समस्याका बारेमा मङ्गलबार औपचारिक रुपमा छलफल गरिने भएको बताइएको छ ।

प्रकाशित मिति : ७ असार २०७८, सोमबार  ८ : २६ बजे

रास्वपाको प्रथम महाधिवेशनमा प्रधानमन्त्री शाह सहभागी हुने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी असार ७ गतेदेखि

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक हुँदै : १० बजे पत्रकार सम्मेलन

काठमाडौँ – सरकारले मन्त्रिपरिषद् बैठकका पछिल्ला निर्णयहरू शुक्रबार सार्वजनिक गर्ने

मेक्सिको विश्वकपको नकआउटमा

काठमाडौँ – सह-आयोजक मेक्सिको जारी विश्वकप फुटबलको नकआउट चरण (अन्तिम

सम्झौतापछि अमेरिकाले हटायो इरानमाथिको नौसैनिक नाकाबन्दी

काठमाडौं – अमेरिका र इरानबीच भएको नयाँ सम्झौतापछि अमेरिकाले इरानी

प्रदेश बजेटमा कञ्चनपुरको खेलकुद : मिनी स्टेडियम, इन्डोर क्रिकेट हल निर्माण

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८३-८४ को बजेटमा कञ्चनपुरको