अभिनेत्री शिल्पालाई प्रहरीको ‘क्लीन चिट’ « Khabarhub

अभिनेत्री शिल्पालाई प्रहरीको ‘क्लीन चिट’


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– गत सोमबार मुम्बई प्रहरीले पोर्नोग्राफीको एक मामलामा अभिनेत्री शिल्पा शेट्टीका व्यापारी पति राज कुन्द्रालाई पक्राउ गर्यो । राजलाई मुम्बईको सेशन्स कोर्टमा उपस्थित गराएर प्रहरीले हिरासतमा राख्नुपर्ने माग राखेपछि उनलाई जुलाई २३ सम्म प्रहरी हिरासतमा पठाइएको छ ।

राजको विषयमा समाचार सार्वजनिक भएपछि सामाजिक सञ्जालमा यो प्रकरणमा शिल्पाको भूमिका के हो भन्ने प्रश्न उठिरहेका छन् । प्रहरीले पनि यो विषयमा अनुसन्धान गरेर निश्कर्ष निकालिसकेको छ ।

प्रहरीका अनुसार राजको मामलामा अहिलेसम्म शिल्पाको भूमिका प्रष्ट देखिएको छैन । प्रहरीले राजबाट पीडित बनेकाहरुलाई क्राइम ब्राञ्चसँग सम्पर्क गर्न आव्हान गरेको छ ।

मुम्बई प्रहरीका जोइन्ट कमिश्नर अफ पुलिस मिलिन्द भारम्बेले यो मामलामा हालसम्म शिल्पाको भूमिका नदेखिएको बताए । उनले शिल्पालाई हालका लागि ‘क्लीन चिट’ दिएको खुलाए ।

यसै वर्षको फेब्रुअरीमा प्रहरीमा पोर्न रेकेटसँग जोडिएको उजुरी परेको थियो । त्यही उजुरीका आधारमा प्रहरीले गहना वशिष्ठ, उमेश कामतलगायतलाई पक्राउ गरेको थियो ।

करिब ५ महिना लामो अनुसन्धान पछि प्रहरीले सोमबार राती राजलाई पक्राउ गरेको थियो । प्रहरीले राजलाई पक्राउ गर्नका लागि पर्याप्त प्रमाण रहेको दाबी गरेको थियो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  १ : ५५ बजे

प्राधिरकणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली

बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय

काठमाडाैं – सरकारले रसुवाको भोटेकोशी नदीमा गएको बाढीबाट प्रभावित क्षेत्रमा

विपद्पछिको हेली उद्धारमा २० करोड खर्च

काठमाडौं । सरकारले भोटेकोसी विपद्पछि हेलिकप्टरबाट गरिएको उद्धारमा २० करोड

१२ हजार रन पूरा गर्दै रोहित शर्माले बनाए अर्को कीर्तिमान

काठमाडाैं – भारतीय क्रिकेट टोलीका अनुभवी ब्याटर रोहित शर्माले एकदिवसीय

काठमाडौँका यी स्थानमा हुँदैछ ११ दिन विद्युत् कटौती

काठमाडौं। उपत्यकाका विभिन्न स्थानमा ११ दिन विद्युत् आपूर्ति कटौती हुने