‘टाइगर ३’लाई शरीर बनाउदै सलमान | Khabarhub Khabarhub

‘टाइगर ३’लाई शरीर बनाउदै सलमान


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(बलिउड लाइफ)– अभिनेता सलमान खान फिल्म ‘टाइगर’को फ्रेञ्चाइजीको तेस्रो फिल्म ‘टाइगर ३’लाई लिएर चर्चामा छन् । फिल्मको रिलिज, कलाकार र सुटिङ लोकेसनले गर्दा पनि उनको चर्चा र व्यस्तता बढ्दो छ । यद्यपि उनले फिल्मसँग जोडिएका कुनै पनि कुरा खुलाएका छैनन् ।

उनले मंगलबार एक भिडियो आफ्नो इन्स्टाग्राम एकाउण्टमा राखेका छन् । जुन भिडियोमा उनी जिममा पसिना बगाइरहेका छन् । भिडियोमा उनको शानदार शरीर पनि देखिएको छ ।

‘मलाई लाग्छ कि यो व्यक्ति टाइगर ३ का लागि तालिम लिइरहेको छ’, सलमानले क्याप्सन लेखेका छन् । यो भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

रिलिज भएको केही घण्टामै भिडियोलाई ३० लाख बढीले हेरिसकेका छन् । ‘टाइगर’ फ्रेञ्चाइजीलाई एक स्पाई फिल्मको सिरिज मानिएको छ । यो फिल्मको पहिलो अंश ‘एक था टाइगर’ सन् २०१२ मा रिलिज भएको थियो । यसको निर्देशक कबीर खानले गरेका थिए ।

यो फिल्मको सफलता पछि सन् २०१७ मा फिल्म ‘टाइगर अभी जिन्दा है’ रिलिज भयो । यो फिल्मको निर्देशन अली अब्बास जफरले गरेका थिए ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  २ : ३० बजे

सुत्केरी र गर्भवतीको हेलिकप्टरमार्फत उद्दार

बाजुरा – बाजुराको बुढीनन्दा नगरपालिकामा रहेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रबाट

अमेरिकी डिभीको नतिजा सार्वजनिक, यसरी हेर्न सकिन्छ

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा सार्वजनिक भएको

राप्ती नदीमा डुबेर युवतीको मृत्यु

तुलसीपुर । दाङको देउखुरीस्थित राप्ती नदीमा डुबेर एक युवतीको मृत्युभएको

‘बौद्ध शिक्षाबाट विश्वव्यापी समस्याको समाधान खोज्न सकिन्छ’

लुम्बिनी – बुद्ध जन्मस्थल लुम्बिनी आएका विभिन्न देशका बौद्ध भिक्षु

एमाले भोजपुरको अध्यक्षमा मकर खड्का विजयी

भोजपुर – नेकपा एमाले भोजपुरको नवौँ जिल्ला अधिवेशनबाट पदाधिकारीमा मकर