योगी आदित्यनाथको फोटो ट्वीटपछि बाबुराम भट्टराई आलोचित, आगोसँग नखेल्न कमल थापाको चेतावनी « Khabarhub

योगी आदित्यनाथको फोटो ट्वीटपछि बाबुराम भट्टराई आलोचित, आगोसँग नखेल्न कमल थापाको चेतावनी


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले आज गरेको एउटा ट्वीटको सर्वत्र विरोध भइरहेको छ ।

भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नदीमा दूध चडाई रहेको एउटा फोटो पोस्ट गर्दै डा. भट्टराईले गरेको ट्वीटलाई लिएर आलोचना भएको हो ।

भट्टराईको ट्वीटको आलोचना गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले भट्टराईलाई आगोसँग नखेल्न चेतावनी दिएका छन् ।

उनले भट्टराईलाई मेन्सन गर्दै विश्वास र धर्मलाई तुलना नगर्न आग्रह गरेका छन् ।

योगी आदित्यनाथले खोलामा दूध बगाउँदा तपाईंको टाउको किन दुखेको भन्दै अध्यक्ष थापाले भट्टराईलाई सशस्त्र माओवादी द्वन्द्वकालमा माओवादीले गरेका हिंसात्मक कार्यलाई स्मरण गराएका छन् ।

थापाले भनेका छन्, ‘योगीले खोलामा दूध बगाउँदा तपाईंको टाउको दुख्छ तर तपाईंले आफूले खोलामा मान्छेको रगत बगाएको, मान्छेको लास बगाएको, जिउँदै मान्छेलाई नै बगाएको चाहिँ बिर्सिनु भयो ?’

‘विश्वास एक खतरनाक चिज हो । यसले तपाईंलाई दूध फालेर मूत्र पिलाउँछ ।’ लेखिएको योगी आदित्यनाथको फोटो भट्टराईले ट्वीट गरेका थिए । उनले भारतीय सहपाठीमार्फत उक्त फोटो आएको भन्दै ट्वीट गरेका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  २ : ४३ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि