बीपीको योगदान अतुलनीय : प्रधानमन्त्री देउवा « Khabarhub

बीपीको योगदान अतुलनीय : प्रधानमन्त्री देउवा


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालाले राजनीति, साहित्य र मनोविज्ञानको क्षेत्रमा गरेको योगदान अतुलनीय रहेको बताएका छन् ।

बुधबार बीपी स्मृति दिवसको अवसरमा नेपाली कांग्रेस सूचना, सञ्चार तथा प्रचार विभागले भर्चुअल रुपमा आयोजना गरेको बीपी पुण्य तिथि विशेष कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले बीपी कोइराला ‘बहुमुखी नेता’ भएको भन्दै उनीबाट धेरै पाठ सिकेर अघि बढ्नुपर्ने धारणा राखे ।

उनले बीपीले आफ्नो ज्यानको परवाह नगरी प्रजातन्त्रका लागि संघर्ष गरेको भन्दै बीपीलाई स्मरण गर्दा मात्रै पनि कांग्रेसमा उत्साह बढ्ने जिकिर गरे । बीपीले बोलेका भाषण मात्रै सुन्दा पनि धेरै ज्ञान मिल्ने उनले बताए ।

कार्यक्रममा सहभागी अन्य नेताहरुले बीपी कोइरालाले गरेको समाजवादको व्याख्या समकालिन विश्वमै अनुकरणीय रहेको धारणा राखेका थिए । नेपालका पहिलो जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको ३९ औं स्मृति दिवस कांग्रेसले कोरोनाका कारण भर्चुअल रुपमा मनाएको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ४ : १८ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि