एमालेले नेपाल पक्षका २२ सांसदलाई सोध्यो स्पष्टीकरण, विश्वासको मतबारे मौन « Khabarhub

एमालेले नेपाल पक्षका २२ सांसदलाई सोध्यो स्पष्टीकरण, विश्वासको मतबारे मौन


६ श्रावण २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा एमालेले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएका २२ जना सांसदलाई स्पष्टीकरण सोधेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर गरेर २२ जना सांसदलाई स्पष्टीकरण सोधेका हुन् । तर स्पष्टीकरण पत्रमा संसदमा विश्वासको मत दिएको बारेमा भने कुनै प्रश्न गरिएको छैन ।

२४ घण्टाभित्र जवाफ नदिए कारबाहीको चेतावनीसहित पठाइएको स्पष्टीकरण पत्रमा भनिएको छ, ‘केन्द्रीय जनप्रतिनिधि संस्था लगायत पार्टीले पठाएको जिम्मेवारीमा रहँदा पार्टी निर्णय र निर्देशनविपरीत विभिन्न कार्यहरु निरन्तर गराइरहेको र पार्टीको विधान तथा नियमावलीमा पार्टी सदस्य वा पार्टी कमिटीहरुले पालना गर्नुपर्ने उल्लेखित कर्तव्यको उल्लंघन गरे/गराएको….हुँदा तपाईंलाई पार्टीको साधारण सदस्यबाट किन निस्काशन नगर्ने ? २४ घण्टाभित्र चित्तबुझ्दो जवाफ पेश गर्नुहोला ।’

अध्यक्ष ओलीले सोधेको स्पष्टीकरणको जवाफ २४ घण्टाभित्र नदिए वा चित्तबुझ्दो नभए साधारण सदस्यबाटै निस्काशन गर्ने उल्लेख गरिएको छ । तर वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले भने सर्वोच्च अदालतको आदेशअनुसार विश्वासको मत दिएकै आधारमा स्पष्टीकरण सोध्ने काम गलत रहेको बताएको छ ।

नेता रघुजी पन्तले नेता नेपाल पक्षको स्थायी कमिटी बैठकपछि भने, ‘स्पष्टीकरण सोध्नु पर्ने विषय हैन । एकता प्रक्रियामा भाँजो हाल्ने काम गरिनु हुँदैन । एकतामा असर पुग्ने काम कतैबाट पनि हुनुहुन्न भन्ने हाम्रो मान्यता हो ।’

एमालेले भने प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेका २२ सांसदहरुलाई कारबाहीको तयारी अनुसार स्पष्टीकरण सोधेको हो ।

प्रकाशित मिति : ६ श्रावण २०७८, बुधबार  ५ : ०७ बजे

श्रम नै राष्ट्र निर्माणको मुल आधार : अध्यक्ष राई

विर्तामोड – श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्कराज राईले श्रमलाई

जाडो बढेपछि बर्साइन नगरपालिकाका विद्यालय बन्द

सप्तरी – अत्यधिक जाडो बढेपछि यहाँको बोदे बर्साइन नगरपालिकाले नगरक्षेत्रका

संवाद गर्ने मुडमा छैनन् ओली, पेल्न खोजे प्रतिवाद गर्ने पोखरेल पक्षको तयारी

काठमाडौं- नेकपा एमालेको ११ औँ महाधिवेशन भएको एक साता बितिसक्दा

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि